आज :

भरतपुरमा फेरी पछि परिन रेणु, कति मतले अगाडी गए विजय ? यस्तो छ ताजा अपडेट

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले पुनः अग्रता लिएका छन् । भरतपुर महानगरपालिका वडा नं. १ को ४०० मत मत गणना गर्दा सुवेदीले माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई उछिनेका हुन् ।

सुवेदीले १५० मत ल्याउँदा दाहालले १४० मत ल्याइन् । यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १८० मत ल्याएका छन् भने राप्रपाकी हिमला गुरुङले १०६ मत ल्याइन् ।

वडा नं १ मा वडाध्यक्षका एमाले उम्मेदवार शुक्र श्रेष्ठले १६० र कांग्रेसका केशव महर्जनले १८१ मत ल्याएका छन् । उता रुकुमपूर्वको भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता कायम छ ।

१ नम्बर वडामा माओवादी केन्द्रको प्यानल नै निर्वाचित भइसकेको छ । अहिले २ नम्बर वडाको मत गणना जारी छ । पुथाउत्तरगंगामा बिहान साढे १० बाट मत गणना सुरु गरिएको थियो ।

रुकुम पूर्वकै भूमे गाउँपालिकामा पनि नेकपा माओवादी केन्द्रको अग्रता कायम छ । १ हजार २९२ मत खसेको ९ नम्बर वडाको मत गणना जारी रहँदा माओवादी केन्द्रका तर्फबाट पालिका अध्यक्षका उम्मेदवार होमप्रकाश श्रेष्ठले ३७३ मत प्राप्त गरेको निर्वाचन अधिकृत विमलप्रसाद बरालले जानकारी दिए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्षका उम्मेदवार कमान पुनले १५ र मंगोल नेशनल अर्गनाइजेशनका तर्फबाट पालिका अध्यक्ष उम्मेदवार रतनबहादुर बुढाले ६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष पदमा पनि माओवादी केन्द्रकै उम्मेदवार सविना बुढामगरले ३५९ मतसहित फराकिलो अन्तरको अग्रता कायम राखेकी छन् । उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार कमानसिङ डाँगीले जम्मा ५१ मत पाएका छन् ।

पालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन गरेका थिए । यस्तै वडाध्यक्ष पदमा पनि माओवादी केन्द्रका उम्मेदवार विनोद बुढाले ३ सय ६३ मत प्राप्त गरेका छन् ।

कांग्रेस वडाध्यक्ष उम्मेदवार समिर पुनले १ सय ५० मत पाउँदा नेकपा एमाले तर्फका वडाध्यक्ष उम्मेदवार नन्दकुमार घर्तीले २६ मत प्राप्त गरेका छन् ।

सिस्नेमा ६ बजेदेखि मतगणना सुरु
सिस्ने गाउँपालिकामा भने भर्खरै मतगणना सुरु भएको छ । यस गाउँपालिकामा अहिले साँझ ६ बजेबाट मत गणना सुरु भएको हो । सिस्नेमा मत पेटिका संकलन ढिला हुँदा मतगणना पनि अन्य ठाउँको तुलनामा ढिला सुरु भएको हो ।

सिस्नेको २ देखि ८ नम्बर वडाका मतदान केन्द्रबाट शुक्रबार साँझ नै मतपेटिका आए पनि १ नम्बर वडाबाट मत पेटिका आइनपुग्दा यस मत गणना ढिला सुरु भएको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए ।

उहाँकाअनुसार सिस्ने गाउँपालिका १ नम्बर वडाबाट आज दिउसो पौने ३ बजे मात्र मत पेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको थियो ।

त्यस लगत्तै सर्वपक्षीय बैठक बसेर साढे ५ बजेबाट मत गणना सुरु गर्ने निर्णय गरिएको थियो । तर ६ बजेदेखि मात्रै मत गणना कार्य सुरु गरिएको मुख्य निर्वाचन अधिकृत लवटले बताए । सिस्नेका वडा नं. १ र ८ बाट मत गणना सुरु गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal