आज :

सावधान ! कोभिड–१९ लक्कि ड्रले लुटिरहेको छ ह्वाट्स्याप मार्फत लाखौं(भिडियोसहित)

  • अनलाइन डबली

काठमाडाैं । सावधान ! पछिल्लो केहि हप्ता धेरैको ह्वाट्स्याप एकाउण्मा कोभिड–१९ लक्कि ड्र वाला ठगी म्यासेजले हजारौंलाई लुटिरहेको पाइएको छ । यस अघि पनि यस्ता ठगिका घटनाहरु नभएका भने हैन तर अहिले यस किसिमको ठगी बारम्बर दोहोरिरहेको छ र यसलाई रोक्न स्वयम पीडितहरु सतर्क रहनुको विकल्प रहेन ।

सो मेसेज यस्तो छ:

“बधाई, बधाई,बधाई,बधाई ।
हाम्रो प्यारो लक्की विजेता २०२२को तपाईको मोबाइल नम्बर पाँच देशको इन्टरनेशनल कोभिड–१९ लक्की ड्र २०२२मा छनोट भएको छ । तपाइले रु.२५ लाख जित्नु भएको छ । तपाइको जिजेता फाइल नम्बर ००६६ रहेको छ । यदि तपाई यो पुरस्कार लिन चाहानु हुन्छ भने हाम्रो हेड अफिसमा हाम्रो म्यानेजर आकश वर्मालाई सम्पर्क गर्नु होला । हाम्रो मेनेजर आकाश वर्मालाई WhatsApp मा सम्पर्क गर्नुहोला ।

covid 19 foundation number head

office Kathmandu new baneshwor

009779829603860

Only WhatsApp call

WhatsApp सम्पर्क नम्बर ९७७९८०८६४०४८८ धन्यबाद

 

तर मेसेजको तलपट्टी भनिएको छ “Akash Verma only WhatsApp contact” उल्लेख गरिएको छ । यसबाट अलि संका भने जरुर उब्जिन्छ, तर पनि धेरैले यो नम्बर नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको र नेपालको सम्पर्क कार्यालय नयाँ बानेश्वर भनेकोले त्यो साच्चिकै हो कि ? अनि फेरी चिट्ठा नै परेको कुरा आई हाल्छकी भनेर जो कोहीले एकपटक प्रयास गर्ने नै भए ।

सो ह्वाटस्यापमा सम्पर्क गरे लगत्तै सो पुरस्कार पाईसकेका व्यक्तिहरुले कोभिड–१९ फाउन्डेसन र आकाश वर्मालाई धन्यवाद दिएका भिडियोहरु सो व्यक्तिले पठाउन थाल्छ, जसले सो विषयमाथि थप विश्वसनियता बढाएको देखिन्छ । यसपछि मेगा प्राइज उइनर फाइल भनेर नेपाल सरकारको लोगो सहितका कार्डहरु पठाउँछ । यसबाट ठगी गर्ने भन्दा पनि वास्तविकरुपमै लक्कि ड्र नै हो भनि मानिसहरु सोझै झुक्किने भइहाले । हुन त, यस अघि पनि यस्ता ठगि भएका घटनाहरु नेपालमा नआएका भने होइनन ।

अनलाईन डबलीसम्बद्द कर्मचारीहरुलाई पनि यो म्यासेज नआएको भने होइन, पछि जब यो मेसेजबाट ठगिएका पीडितहरु हाम्रो सम्पर्कमा आए, तब अनलाईन डबलीले पनि सो व्यक्ति आकाश वर्मालाई सम्पर्क गरेपछि पीडितहरुलाई जस्तै मेसेज आउन थाल्यो र कुराकानी पनि अघि बढ्यो ।
त्यसपछि आकाश वर्मालाई सम्पर्क गर्यौं, उसले भन्यो ‘हजुर म आकाश वर्मा नै तपाई म्यानेजरसँगै सिधा कुरा गर्दै हुनुहुन्छ, भन्नुस के तपाई तयार हुनुहुन्छ यो पुरस्कार लिन ?’ हामीले सोध्यौं, हुन्छ तर कसरी ? सुरुमै उसले प्रश्ट पार्यो, ‘यस चिट्ठामा कुनैपनि चार्ज लाग्दैन, यसमा ढुक्क हुनुस यो सत्य नै हो । तपाईलाई पहिले प्राप्त गरेका व्यक्तिहरुको भिडियो राम्रोसँग हेर्नुहोस भनेर हिन्दि भाषामा भन्छ ।

अनि अब कसरी यो चिट्ठा हामीले प्रप्त गर्ने हामीले सोध्यौं ? सुरुमै तपाईको खाता कुन बैङ्कमा छ ? वर्माले प्रति प्रश्न गर्यो । हामीले तपाईलाई कुन बैङकमा सजिलो हुन्छ भनि सोध्दा, उसले सरुमै ‘एनआइसी एसिया, नविल, एसविआई बैङकहरु मार्फत कारोबार गर्नेगरेकाछौं । उसले विश्वास दिलाउन पहिले पनि विजेताहरुले लिइसकेको भनेर प्रमाण स्वरुप चेकहरु ह्वाटस्एमा पठायो ।

अनि भन्छ, अब तपाईको खाता भएको बैङकको नाम र नम्बर खातावालाको नाम र फोटो पनि पठाउनुस । यति सबै किन भनेर जिज्ञासा राख्दा, उ भन्छ,‘कोभिड १९ कार्डको फर्म भरेर दिने हो, यत्रो २५ लाख त्यसै दिँदा हामीलाई अफ्ठेरो पर्छ प्रक्रिया त पुर्याउनु त पर्यो नि ? तर, जब त्यसपछि बैङकसँग जोडीएको मोबाइल नम्बर दिनुस, जब उसले त्यो मोबाइल नम्बर माग्छ त्यसपछि शंका पैदा हुन्छ…यो नम्बर किन भन्दा तपाईको मा कोड आउँछ, त्यसपछि सिधै तपाईको खातामा आउँछ । हामी स्तब्ध भयौं, त्यसपछि उसले ‘हेल्लो हेल्लो किन चुप बकस्नु भयो हामी तपाईलाई पैसा ट्रान्सफरको प्रक्रियामा छौं छिटो भन्नुस नम्बर…’तर हामीले यत्तिकैमा सम्पर्क टुटायौं ।

ठिक यही तरिकाले कलंकी निवासी रस्मिता दाहाल, बौद्द निवासी शान्ति राजवंशी (नाम परिवर्तन)हरुलाई मोबाईल बैङ्किङको कोड मागेर कोड रिसेट गरेर २५ हजार, ५० हजार आफ्नो खातामा ट्रास्फर गरेर ठगेको पाईयो । यस विषयमा साईबर क्राइम र अपराध महाशाखामा सम्पर्क गर्दा त्यहाँ त्यस विषयमा गुनासा आएको तर चुनावको रापतापले प्रभावकारीरुपले उजुरी आएको र अध्यन गरिरहेको जानकारी पायौं ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal