आज :

आयोगले सार्वजनिक गर्यो काठमाडौं महानगरको पहिलो मतपरिणाम, कको मत कति ?

काठमाडौँ । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा जारी मतगणनाको पहिलो नतिजा सार्वजनिक गरेको छ।

जसअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले ४०२ मत पाएका छन् भने केशव स्थापितले ३१९ मत पाएका छन्। कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २०२ मत पाएकी छन्।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६४ मत पाएका छन्। राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५३ मत पाएका छन् भने विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटाले १३ मत पाएकी छन्।

अहिले महानगरका वडाहरू १, २, ३, ४ र ३२ को मत गणना भइरहेको छ। सुनसरीको धरान उपमहानगरपालिकाको जारी मतगणनामा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै गएका छन्।

अहिलेसम्म १००० मतगणना गर्दा मेयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राईले ३६९ मत प्राप्त गरेका छन्। उनलाई स्वतन्त्र उम्मेदवार हर्क साङ्पाङले २७५ मतसहित पछ्याइरहेका छन्।

एमालेबाट मेयरको उम्मेदवार मञ्जु भण्डारीले २०३ मत प्राप्त गरेकी छन्। धरानको उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ३९३ मत प्राप्त गरेका छन्।

उपमेयरमा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बूले २२७ मत प्राप्त गरेका छन् । उता कैलालीको टीकापुरमा जेलमा रहेका रेशम चौधरीको पार्टीका उम्मेदवार प्रतिष्पर्धी दलभन्दा दोब्बर मतले अघि रहेका छन्।

१६ सय मत गणना सकिँदा मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौराले ५८८ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका श्याम खत्रीले २६७ मत ल्याएका छन्। कांग्रेस उम्मेदवार नवराज रावलले २१९ मत पाएका छन्।

उपमेयरमा पनि नागरिक उन्मुक्ति पार्टीकै उल्कादेवी विश्वकर्मा अगाडि छन्। उनले ५०१ मत पाएकी छन् भने माओवादी केन्द्रका खड्कबहादुर शाहले २१३ मत ल्याएका छन्। मतगणना जारी छ। २०७४ मा टीकापुरमा एमालेले मेयर जितेको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal