आज :

एआईजी थापाले पाए भारतीय प्रधानमन्त्री मोदीको सुरक्षा जिम्मा

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई खटाउने निर्णय गरिएको छ । गृह मन्त्रालयको निर्णय अनुसार एआईजी सहकुलबहादुर थापा शनिबार लुम्बिनी पुगेका छन् ।

मन्त्रालयको निर्णय अनुसार एआईजी थापालाई भारतीय प्रधानमन्त्रीको सुरक्षाका लुम्बिनीमा पठाइएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले बताए । उनले भने–‘एआईजी सहकुल सा’प लुम्बिनी जानुभएको छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ मा लुम्बिनी आउँदै छन् । २५६६ औँ बुद्ध जयन्तीका अवसरमा मोदी लुम्बिनी आउन लागेका हुन् । उनी हेलिकप्टरबाट लुम्बिनी आउँदै छन् । लुम्बिनीमा चारवटा हेलिप्याड बनाइएको छ ।

मोदीको सुरक्षाको सम्पूर्ण कमाण्ड नेपाली सेनाले गर्ने भएको छ । भीभीआईपी भ्रमणको प्रोटोकल अनुसार सेनाको टिम लुम्बिनीमा परिचालन गरिएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिल्वालले बताए । उनले भने–‘सरकारले तयार गरेको सुरक्षा योजना अनुसार सैनिक टिम परिचालन गरिएको छ ।’

मोदीको भ्रमण कार्यक्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि लुम्बिनी जाँदै छन् । भारतीय प्रधानमन्त्रीको रूपमा दोस्रो कार्यकाल समालेपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।

यसअघि मोदी सन् २०१९ मा नेपाल आएका थिए । प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्केको करिब १ महिनापछि मोदी नेपाल आउन लागेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal