 
	
धनगढी । कैलालीका १३ वटा पालिकामा प्रारम्भिक नजिताहरू आउने क्रममा छन्। शनिबार दिउँसोसम्म आएका नजिताहरूमा कतै स्वतन्त्र उम्मेदवार त कतै दलका उम्मेदवारले अग्रता लिएका छन्।
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिएका छन्। टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारूले अग्रता लिएका छन्।
नागरिक उन्मुक्ति पार्टी जेलमा रहेका रेशम चौधरीको हो। सोही पार्टीका उम्मेदवारले भजनीमा पनि अग्रता कायम राखेको छ। त्यहाँ पार्टीका केवल चौधरी अगाडि छन्। यस्तै घोडाघोडी नगरपालिकामा गठबन्धन एकीकृत समाजवादीका खडक रावत अगाडि छन्।
गौरीगंगा नगरपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार देवीदत्त कँडेल, गोदावरी नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका वीरेन्द्र चन्द र लम्कीचुहा नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका सुशीला शाही छन्।
यता वर्दगोरिया गाउँपालिकामा एमालेका कर्ण कुँवर अगाडि छन्। कैलारी गाउँपालिकामा राप्रपाका उम्मेदवार होमबहादुर गुरूङ, चुरे गाउँपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका लोकबहादुर सारू र जानकी गाउँपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका पर्शुराम महतो छन्।
जोशीपुर गाउँपालिकामा केहीबेर अघि मात्रै मतगणना सुरू भएको छ। मोहन्याल गाउँपालिकामा मतपेटिका भने संकलन भइरहेको छ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          




