आज :

अहिलेसम्म नतिजा आएका १२ पालिकामध्ये कांग्रेस, एमाले र माओवादीले कति-कति जित्यो ?

काठमाडौँ । स्थानीय तह निर्वाचनको मतपरिणाम आउन सुरू भएको छ। अहिलेसम्म १२ वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ। जसमध्ये सबैभन्दा धेरै नेकपा एमालेले ६ वटा स्थानीय तहमा जित हात पारेको छ।

त्यस्तै नेपाली कांग्रेसले ३ र नेकपा एकीकृत समाजवादीले २ वटामा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले पनि १ स्थानमा जित हात पारेको छ।

जारी मतगणनामा एमाले ९४ स्थानीय तहमा अगाडी छ भने नेपाली कांग्रेस १०६ वटामा अगाडि छ। त्यस्तै नेकपा एस २ र नेकपा माओवादी केन्द १३ वटामा अगाडि छ। अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ स्थानमा अगाडि छन्।

नेकपा एमाले विजयी भएका पालिकाहरु
मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका कान्छा घले विजयी भएका छन् भने, मनाङको चामे गाउँपालिकामा नेकपा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन् ।

त्यस्तै मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिकामा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी हुँदा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पनि नेकपा एमालेकै रिङजिन नामगेल गुरुङ विजयी भएका छन् ।

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा नेकपा एमालेका टसी न्वर्वु गुरुङ विजयी हुँदा डोल्पाको से फोक्सुण्डो गाउँपालिकामा नेकपा एमालेका धावा सम्डुङ गुरुङ विजयी भएका छन् ।

नेपाली कांग्रेस विजयी भएका पालिकाहरु
मनाङको नार्पा भूमी गाँउपालिका नेपाली कांग्रेस कोन्जो तेन्जीङ लामा विजयी हुँदा मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी भएका छन् । त्यस्तै मुस्ताङको घरपोझङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन् ।

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका
डोल्पाको छार्का साङतोङ गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका सेनाङ गुरुङ विजयी भएका छन् भने डोल्पाको काइके गाउँपालिकामा नेकपा एकीकृत सजमावादीका अंगदकुमार राना विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट डोल्पाको जगदुल्ला गाउँपालिक नेकपा माओवादी केन्द्रका नारसिङ रोकाय विजयी भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal