आज :

सोलुखुम्बुमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, एक जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा मतदातालाई घर लैजाने विषयमा विवाद हुँदा भएको दोहोरो झडपमा एक जनाको मृत्यु भएको छ ।

वडा नम्बर ३ मा भोट खासल्न आएकी विरामी वृद्धा महिलाको मृत्युपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको हो ।

शुक्रबार साँझ भएको घटनमा घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहाले जानकारी दिए ।

कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मत खासल्नका लागि वृद्धालाई बोकेर ल्याइएको थियो । तर मतदान गरिसकेपछि भने घर पुर्‍याउन बेवास्ता गरेको आरोप कांग्रेसका कार्यकर्ताले लगाएपछि दुई समूह बीच विवाद बढेको थियो । दमको विरामी ती वृद्धाको शुक्रबार साँझ नै मृत्यु भएको थियो ।

यस्तै सुदूरपश्चिम प्रदेशका पाँच ठाउँमा मतदान कार्य स्थगित भएको छ। सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयले दिएकाे जानकारी अनुसार विवादपछि झडप हुँदा बाजुरामा एक, बझाङमा तीन र कञ्चनपुरको एक ठाउँमा मतदान कार्य स्थगित भएको हाे।

मतदान स्थगित भएको यी ठाउँमा पुनः मतदान सुरू गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकामा नक्कली मतदाता आएको भन्दै मतदान प्रक्रिया स्थगित भएको हाे।

केही नेताले मत हाल्न पाउने भनी फर्जी मतदातालाई पठाएपछि विवाद भएको थियो। राजनीतिक दलको बैठक जारी रहेकोले सहमतिपश्चात् मतदान सुरू हुनेछ।

यस्तै, बझाङको जयपृथ्वी नगरपालिका-७ स्थित सुनिपिपल चौर मावि सुवेडा, केदारस्युँ गाउँपालिका- ४ स्थित जगन्नाथ मावि सैन्सु र मष्टा गाउँपालिका ५ स्थित द्वारिकानाथ माध्यमिक विद्यालयमा पनि मतदान स्थगित भएको छ।

यस्तै, बाजुरामा पनि विवादपछि पाण्डुसैन र बुढीगंगा लगायतका ठाउँमा झडप हुँदा मतदान कार्य स्थगित भएको हाे।

प्रदेशका अन्य ठाउँमा भने शान्तिपूर्ण तरिकाले मतदान भएको छ। अहिले मतदान केन्द्रबाट मतपेटिका मतगणना स्थलमा पुर्‍याउने काम भइरहेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal