आज :

एमालेको विजयी सुरुवात, मुस्ताङबाट खोल्यो खाता

काठमाडौँ । मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्। विष्टले ६८९ मत पाएका छन्।

प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका देव बहादुर गुरूङले १८५ मत पाएका छन्। यस्तै उपाध्यक्षमा पनि एमालेकी छिरिङ ल्हामो गुरूङ विजयी भएकी छिन्। उनले ६४१ मत पाइन्।

नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाएर पराजित भएकी छिन्। २०७४ सालको चुनावमा विष्ट स्वतन्त्र उम्मेद्वार भएरै चुनाव जितेका थिए। पछि नेकपा (एमाले) प्रवेश गरेका हुन्।

उनले २०७४ को चुनावमा प्रतिस्पर्धी नेपाली कांग्रेसका तेन्जिङ छिरिङ गुरूङलाई ५ सय ५२ मतान्तरले हराएका थिए। निर्वाचन आयोगको तथ्यांकअनुसार विष्टले ७ सय ५५ र गुरुङले २ सय ३ मत पाएका थिए।

यस्तै चितवनमा भरतपुर महानगरबाहेकका पालिकामा अहिले मतगणना जारी छ। खैरहनी नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार अगाडि छन्।

१८७ मत गणना हुँदा कांग्रेस उम्मेदवार शशि खनियाँले ९३ मत पाएका छन् भने एमालेका लालमणि चौधरी ५९ मत पाएका छन्। राप्ती नगरपालिकामा र इच्छाकामना गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार अगाडि छन्।

राप्ती नगरपालिमा ३०० मत गणना हुँदा एमालेका गोविन्दप्रसाद कँडेल १५२, गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका शमशेर लामाले १०३ मत पाएका छन्।

इच्छाकामनामा २०० मत गणना हुँदा एमालेका दानबहादुर गुरूङले ९४ र कांग्रेसकी गीता गुरूङले ८० मत पाएकी छन्। माडीमा ३५० गणना हुँदा माओवादी केन्द्रका ऋषि काफ्लेले १४३ र एमालेकी ताराकाजी कुमारी महतोले १२७ मत पाएकी छन्।

यी सबै पालिकामा मतगणना जारी छ। कालिका र रत्ननगर नगरपालिकामा पनि मतगणना सुरू भएको छ। भरतपुर महानगरको केहीबेरपछि मात्र मत गणना सुरू हुनेछ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal