आज :

गोरखाको मतदान केन्द्रमा झडप, प्रहरीले गोली चलायो, अवस्था तनाबग्रस्त

  • अनलाइन डबली

काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकको ज्ञानमार्ग मावि ‘ख’मतदान केन्द्रमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले एक राउन्ड हवाइ फायर गरेको छन् ।

स्थानीय एक व्यक्तिले आफ्नो बाबुको मतदान गरेर फर्कन लाग्दा धकेलाधकेल भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाइ फायर गरेको हो।

झडप भएपछि ज्ञान मार्ग माविको केन्द्रको बुथमा टाँगेको डोरीहरु पनि चुँडिएको ज्ञानमार्ग माविको ‘क’ मतदान केन्द्रमा खटिएका कर्मचारी विमल रेग्मीले जानकारी दिए ।

‘ब्यालेट बक्सभित्र लगेर राखेका छौँ, डोरीहरु पनि चुँडिएको छ, फेरि बुथ बनाएर अब मतदान प्रक्रिया सुरु गर्नका लागि सर्वदलीय बैठक चलिरहेको छ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले सानो हतियारबाट एक राउण्ड हवाइ फायर भएको जानकारी दिए ।

सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको छ ।

मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो ।

नेपाली सेनाले हतियार तेर्स्याएको तस्वीरमा देखिन्छ । अहिले सो स्थानमा स्थिति सामान्य रहेको सिन्धुपाल्चोकबाट पत्रकार दिनेश थापाले जानकारी दिए ।

यसैगरी पाँचपोखरी थाङपाल–२ को याङ्ग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि पनि केहीबेर तनाव भएको छ । सो मतदान केन्द्रको स्थिति पनि अहिले सामान्य छ ।

सिन्धुपाल्चोकका निर्वाचन अधिकृत विकाश शर्मा रिजालले जिल्लाका सबै स्थानमा शान्तिपूर्ण रुपले मतदान भइरहेको जानकारी दिए । उता रामेछापको दुई मतदान केन्द्रमा हवाई फायर भएको छ ।

सुनापति र खाडाँदेवी गाउँपालिकाको मतदान केन्द्रमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए ।

सुनापतिको वडा नं. २ मा मतदान केन्द्र बाहिर एउटा पक्षले अर्को पक्षकालाई कुटपिट गरेपछितनाव सुरु भएको थियो । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको पहाडीले बताए ।

ठाडादेवी गाउँपालिकाको वडा नं. १ मा चाहिँ अहिले दुवै पक्षलाई राखेर छलफल भइरहेको उनले बताए । त्यस्तै बाजुराको बुढीनन्दा नगरपालिकास्थित मतदान केन्द्रमा तनाव भएपछि हवाई फायर भएको छ ।

दुई पक्षबीच सामान्य विवादमा ढुंगा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारीले लोकेन्द्रबहादुर विष्टले बताए । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal