आज :

नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला प्रहरी नियन्त्रणमा

काठमाडौँ । नवगठित नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले शुक्रबार हुने निर्वाचन शान्तिपूर्ण गराउने सवालमा बास्तोलासँग सोधपुछ भइरहेको जानकारी दिएका छन्।

‘उहाँलाई हामीले नियन्त्रणमा लिएका छौं, सोधपुछ भइरहेको छ’ काफ्लेले भने ‘ उहाँहरूको निर्वाचन बहिष्कार अभियान रहेछ भनेर सुन्नमा आएको छ, त्यसैले हामीले सोधपुछ गरेका हौं र निरन्तर निगरानीमा राख्नेछौं।’

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका नेता बास्तोलालाई प्रहरीले बिहीबार बिहान ४ बजे सोधपुछका लागि भन्दै दाङको भालुवाङबाट नियन्त्रणमा लिएको हो  ।

प्रहरीका अनुसार अहिले पनि उनी प्रहरी नियन्त्रणमै छन्। एसपी काफ्लेले बास्तोला प्रहरी घेरामै छन्। साथै निर्वाचन सम्पन्न नहुँदासम्म उनलाई प्रहरी निगरानीमै राखिने समेत काफ्लेले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal