आज :

रक्तिमको समर्थन प्रगतिशील उम्मेदवारहरुलाई

काठमाडौं । नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलन सशक्त भूमिका निभाउँदै आइरहेको रक्तिम सांस्कृतिक अभियानले वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा सर्वहारा वर्गीय सांस्कृतिक क्रान्तिका पक्षधर शक्तिहरु र तिनका प्रगतिशील उम्मेदवारहरुलाई साथ र समर्थन दिने भएको छ । रक्तिमले आफ्नो वर्गीय पक्षधरतामा सतिसालझै अडिग रहेर आफू अघि बढिरहने पनि स्पष्ट पारेको छ । रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माद्वारा २०७९ वैशाख २७ गते जारी प्रेस वक्तव्यमा उक्त कुरा उल्लेख गरिएको छ ।

वक्तव्यमा अध्यक्ष शर्माले निर्वाचनका बेला जन विरोधी शक्तिहरु पनि पनि साधु उम्मेदवारका रुपमा आउन सक्ने भन्दै त्यस्ता वर्गदुश्मन र जनविरोधी शक्तिहरुलाई चिनेर निर्वाचनमा उचित सजाय दिन श्रमजीवी जनतालाई अपिल पनि गरेका छन् । अध्यक्ष शर्माद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ : “यतिबेला देश स्थानीय तह निर्वाचनको संघारमा छ । पाँच वर्षपछि यही वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरु चयनका लागि मतदान हुन गैरहेको छ ।

राजनैतिक दलहरुले प्रचारप्रसारको कार्यलाई तीब्र रुपमा अगाडि बढाइरहेका छन् । स्थानीय निर्वाचनका सन्दर्भमा रक्तिम सांस्कृतिक अभियानको धारणा र भूमिका स्पष्ट पार्नका निम्ति यो प्रेस वक्तव्य जारी गरिएको छ । देशमा भएका हरेक राजनैतिक घटना, परिघटना र परिवर्तनहरुमा प्रगतिशील गीत, संगीतको क्षेत्रबाट रक्तिमले पु¥याएको योगदान यहाँहरु सबैलाई ज्ञात भएकै विषय हो । रक्तिम महान् सर्वहारा सांस्कृतिक क्रान्तिको आलोकमा अघि बढिरहेको प्रगतिशील सांस्कृतिक संगठन हो । श्रमजीवी जनताका हरेक न्यायपूर्ण आन्दोलनहरुमा हामीले साथ र समर्थन दिंदै आएका छौं ।

अहिले हुन गैरहेको स्थानीय निर्वाचनको सन्दर्भमा पनि हाम्रो दृष्टिकोण प्रस्ट भएको कुरा अवगत गराउन चाहान्छौ । रक्तिमको साथ र समर्थन सर्वहारा वर्गीय सांस्कृतिक क्रान्तिका पक्षधर शक्तिहरु र तिनका सहयोगी प्रगतिशील उम्मेदवारहरुलाइ रहनेछ । वर्गदुश्मनहरुसँगको सम्झौताहीन संघर्षले नै जनताको न्यायपूर्ण आन्दोलनलाई सफलताको शिखरमा पु¥याउँछ भन्ने मान्यता हामीले राख्दछौं । निर्वाचनका बेलामा वर्गदुष्मन र जनबिरोधी शज्तिहरु पनि उम्मेदवारका रुपमा जनताका घर दैलोमा आउनेनै छन ।

उनीहरुले विगतमा गरेका राष्ट्रघात र जनबिरोधी दुष्कर्मको बारेमा श्रमजीवी जनतालाई सचेत पार्न हामीले गीत-संगीत, सायित्य तथा कलाको माध्यमबाट वर्षौंदेखि प्रयत्न गर्दै आइरहेका छौं । हाम्रो त्यो प्रयत्न अहिले पनि झन ससक्त रुपमा जारी रहनेछ । हामीलाई विश्वास छ– जनताको शिरमाथि थिर खेल्ने ती जनवैरीहरुलाई यस पटकको निर्वाचनमा श्रमजीवी जनताले अवश्य चिन्ने छन् र उचित सजाय दिनेनै छन् । यो स्थानीय निर्वाचनका सन्दर्भमा मात्र होइन, आगामी दिनमा पनि रक्तिमका गतिविधिहरु आफ्नो वर्गीय पक्षधरतामा सतिसाल झैं अडिक रहँदै अघि बढ्ने कुरा हामी पुनःस्पष्ट पार्न चाहान्छौं ।

यतिबेला प्रायः सबैको ध्यान स्थानीय तहको निर्वाचनमै केन्द्रित भएको देखिन्छ । स्थानीय चुनाव सम्पन्न भए पश्चात् हामीले जनसांस्कृतिक यात्राका आगामी दिनका कार्यक्रमहरु सार्वजनिक गर्ने नै छौ । यही वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनमा श्रमजीवी जनताका पक्षमा अविरल रुपबाट संघर्षरत रहेका देशभक्त, जनतान्त्रिक तथा सर्वहारा वर्गीय पक्षधर शक्तिहरुलाई साथ सहयोग र समर्थन गर्न सम्पूर्ण जनतामा हामी विशेष अपिल गर्न चाहान्छौं ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal