आज :

‘विप्लव प्रवृत्ति’ क्रान्तिका निम्ति घातक भन्दै बहुमतले लगाएका यस्ता छन् ५ आरोप

काठमाडौं । नेत्र चन्द नेतृत्व नेकपा भित्रको ‘विप्लव प्रवृत्ति क्रान्तिका निम्ति घातक भएको भन्दै कञ्चन–सुदर्शनसहितको बहुमत हिस्साले सो पार्टीसँगको झण्डै एक दशक लामो सहयात्रा तोडेर नेकपा(बहुमत) पार्टीको निर्माण गरेको छ । सोमबार राजधानी स्थित नाचघरमा पत्रकार सम्मेलन मार्फत खड्ग विश्वकर्मा–नेत्र चन्दहरु गम्भिर विचलनमा गएको भन्दै ६ वटा आरोप लागउँदै जस्लाई ‘विप्लव प्रवृत्ति’को संज्ञा दिएका छन् ।

चितवन विशेष भेलाका निर्णयहरुको बारे प्रेस विज्ञप्ति बाचन गर्दै नेता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले नेकपा पूर्णरुपले घातक ‘विप्लव प्रवृत्ति’ले गाँजिएको बताए जसमा सो प्रवृत्ति दार्शनिकरुपले सारशंग्रहबाद, राजनैतिकरुपले संसदिय संशोधनवाद, संगठनिकरुपले निषेधात्मक अधिभूतबाद तथा विर्षजनवाद, संघर्षका दृष्टिले आत्म सुरक्षावाद र आर्थिकरुपले जुझारु आर्थवादकारुपमा देखा परेको ५ गम्भिर आरोप लगाउँदै भने,“विप्लव–प्रकाण्डहरुले यसरी उग्रवामपन्थि अवसरवादले उग्र दक्षिणपन्थि अवसरवादमा छलाङ मारे, त्यसकारण हामीले समय रहँदै क्रान्तिकारी पार्टी निमार्णको पहलकदमि लियौं ।”

प्रेस वक्तव्य र पत्रकारहरुको जिज्ञासामाथि जवाफ दिदै नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला‘कञ्चन’ले विप्लवबाट धोका भएपछि पार्टी पुर्नगठन गरेको प्रष्ट पारेको थिए । गत चैतमा भएको केन्द्रीय समिति बैठकको निर्णय विपरीत विप्लव गएपछि नयाँ पार्टी गठन गर्नुको विकल्प नभएको कञ्चनको भनाइ थियो ।

संयोजक बास्तोलाले कतिपय केन्द्रीय सदस्यहरुलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरूले नयाँ बाटो अपनाएको प्रष्ट पारे ।

उनले भने, ’पार्टी चुनावमा नजाने भएपछि पनि प्रवक्ता पार्टी चुनावमा जाने, पार्टी दर्ताको प्रयास गर्ने, चुनावमा केन्द्रीय समिति सदस्य उठाउने र उठाउन प्रयत्न गर्ने काम भयो । पार्टी नीति बाहिर चुनावमा उठाउने र कतिपय केन्द्रीय समिति सदस्यहरू त एमालेको चुनाव चिह्न लिएर चुनावमा जान लालायित भएपछि यसरी समय बर्बाद गर्नु ठीक हुँदैन भनेर भेला ग¥यौं र बहुमत पार्टी सदस्यले नेकपा बहुमत भनेर पुनर्गठन गरेका छौं ।’

उनले नयाँ आफ्नो पार्टीको कार्यनीति वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने रहेको र त्यसका लागि मुलुकको समृद्धि र स्वाधिनताको नारालाई अघि बढाउने रहेको योजना रहेको बताए ।

‘संक्षेपमा यो पार्टीको मूल कार्यनीति भनेको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नु हो। त्यसका लागि हामीले समृद्धि र स्वाधिनताको नारालाई अघि सारेका छौं।’ उनले भने–’ केपी ओली, प्रचण्डहरुले लिएको बाटोबाट मुलुकमा जनवादी क्रान्ति सम्पन्न नहुने देखेपछि आफूहरुले बहुमतले विप्लवलाई छोडेर नयाँ पार्टी बनाएका हौ ं।’
कञ्चनले विचार र संगठनात्मक रूपमा बहुमत आफ्नो पक्षमा रहेको दाबी गरे । उनले पार्टीको कार्यदिशा र कार्यक्रमबारे पनि जानकारी गराएका छन् । उनले भने, ’पार्टीको मूल कार्यदिशा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने । कार्यदिशा पूरा गर्नका निम्ती कार्यनीतिका रूपमा अहिले स्वाधिन संयुक्त सरकार, राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, समृद्धि र स्वाधिनताको नारा अगाडि सारेका छौं ।’
उनले जनताबाट लिएर जनतालाई नै दिने, तथ्यबाट सत्यको खोजी गर्ने, अनुसन्धान नगरी नबोल्ने, जनतासँग माछा र पानीको सम्बन्ध कायम गर्ने माओवादी नीतिमा आफूहरु प्रतिवद्ध रहेको पनि बताए ।

मुलुकमा राजनीतिक स्थिरताका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका निर्वाचित हुनुपर्ने माग रहेको कञ्चनको भनाइ थियो । धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा नेकपाका बहुमत असन्तुष्ट पक्षले चितवनमा राष्ट्रिय भेला गरेको थियो । उक्त भेलाले नै नयाँ पार्टी गठन गरेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal