आज :

टोखा नगरलाई सांस्कृतिक तथा कृषि पर्यटनको शहरको रुपमा विकास गर्छु – शेखर श्रेष्ठ

काठमाडौं – संघीय राजधानी काठमाडौंमा रहेको टोखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार शेखर श्रेष्ठ यति बेला आफ्ना एजेण्डाका साथ चुनावी मैदानमा छन् । उनको उम्मेदवारी दर्तासगैं उनको चर्चा भएको हो । टोखा नगरमा निष्ठावान, विकासप्रेमी, कम बोल्ने, काम धेरै गर्ने स्वच्छ छवि भएका उनी यति बेला जनताको घरधैलोमा भोट माग्दै हिडिरहेका छन् । टोखाको समस्या नजिकबाट बुझेका र त्यसलाई समाधान गर्ने सक्ने क्षमता भएको कारण पनि उनी टोखा नगरबासीको आशाको केन्द्र बनेका हुन । उनी टोखाका नगरको विकास र समृद्धिका लागि इमान्दार र निष्ठाको साथ काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

उनी जनताको प्रतिक्रियाबाट उत्साहिच भएका छन् । जनताको सेवामा आफु सधै लाग्ने स्पष्ट पारे । उनी आफुले बाँचा गरेका कुरा पुरा गर्ने बताए । बोलेर होइन काम गरेर देखाउँछु । एक मौका दिन मतदातालाई आग्रह गरेका छन् । मतदातालाई कहिले पछुतो हुन नदिने श्रेष्ठ बताउँछन् । श्रेष्ठ साहारा राइड सेयरिङ एपका अध्यक्ष रहेका श्रेष्ठ प्रविधिको प्रयोग मार्फत हजारौं युवालाई रोजगारी दिइरहेका छन् ।

उनी लाइन्स क्लब, स्थानिय गुठि लगायत विभिन्न सामाजिक संस्थाहरुको सफलता पुर्वक नेतृत्व गरिसकेका श्रेष्ठले आफुले काम गर्ने योजनाहरु सार्वजनिक गरेका छन् । उनी राजनीतिलाई सेवाको रुपमा लिन्छन् र भन्छन् म जनताको सेवाको लागि आएको हो, म जनताको सेवक हुँ ।
उनले समग्र टोखा नगरको लागि बुदाँगत रुपमा आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । टोखाको ११ वटै वडाको मुख्य आवश्यकता र चाहानालाई समेटेर उनले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

१, टोखा नगरको गुरुयोजना निर्माण गरी त्यसको आधारमा पूर्वाधार निर्माण, सामाजिक, आर्थिक र सांस्कृतिक लगायतका विकास
योजना तथा परियोजना निर्माण गरी दिगो विकासको अवधारणा अनुरुप क्रियाशिल रहनेछौं ।
२,  टोखा नगरलाई सांस्कृतिक तथा मौलिक सम्पदायुक्त सुन्दर र समृद्ध नगरपालिकाको रुपमा विकसित गर्दै विश्वमा चिनाउने कार्यमा
हामी सदा कटिबद्ध रहनेछौं । सांस्कृतिक सम्पदायुक्त आवासीय एंव दर्शनीय स्थलको रुपमा विकास गरी स्थानिय समुदायहरुलाई नै
अधिकतम स्वरोजगारको अवसर सिर्जना गर्नेर्छौ ।
३,  शिक्षा प्रमाणीलाई बैज्ञानिक, प्राविधिक तथा प्रयोगात्मक बनाउदै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धि गर्ने, संस्थागत
विद्यालयको निरन्तर अनुगमन गरी एकरुपपा कायम गर्ने, शिक्षामा बैज्ञानिक मापदण्ड अनुरुप गुणात्मक सुधार गर्दै लैजाने ।
४, स्वास्थ्य बिमालाई प्रोत्साहन गर्दै सेवासुविधाहरु थप गर्दै लैजाने र निःशुल्क स्वास्थ्य उपचारको अवधारणा अनुरुप कार्यक्रमहरु
निर्माण गरी लागु गर्नेछौं ।
५, इमेरजेन्सी मेडिकल सर्भिस र जेष्ठ नागरिक, अपाङ्ग र अशक्तलाई घरघरमा नरसिङ सेवा प्रदान गर्नेछौं ।
६, सहकारी मार्फत प्रत्येक वडामा सुलभ खाद्य पसल सञ्चालन गर्नेछौं ।
७, फुटपाटका पसलहरुलाई उचित ठाउमा व्यवस्थापन गर्नेछौं ।
८, विपद् जोखिम व्यवस्थापन तालिम सञ्चालन गर्नेछौं ।
९, स्थानिय उद्योगलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउनेछौं ।
१०, फोहोरको दिगो व्यवस्थापन गर्नेछौं । प्रविधिको प्रयोग गरेर फोहोरबाट मोहोर बनाउने छौं ।
११, कृषकलाई कृषि सामग्री अनुदानमा उपलब्ध गराउनेछौं ।
१२, कौशी खेतीका लागि तालिम तथा अनुदानको व्यवस्था गर्नेछौं ।
१३, टोखा नगर भित्र उत्पादन भएका कृषी उत्पादनलाई यहि खपत
गर्ने व्यवस्था गर्नेछौं ।
१४, टोखा नगरपालिकालाई सांस्कृतिक र कृषि पर्यटन लक्षित कार्यक्रम सञ्चालन गर्नेछौं ।
१५, नगरलाई प्रविधिमैत्री बनाउने छौं ।
१६, सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुको लागि निशुल्क सेनिटरी प्याड उपलब्ध गराउने छौं ।
१७, नगर अस्पतालको स्तोरन्नती गरी सहुलियतमा औषधीहरु उपलब्ध गराउने छौं ।
१८, रोजगारीका अवशरहरु सिर्जना गर्न युवा, महिला तथा इच्छुक व्यक्तिहरुलाई तालिम, परामर्श, सुलभ ऋण तथा अनुदान र बजारको प्रबन्ध      गर्दै लैजानेछौं । प्राचिनकालदेखी नै  चल्दै आइरहेको मौलिक प्रकृतिका साना तथा घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्दै व्यवसायमुलक रुपमा      परिर्वतन गर्ने कार्य गर्नेछौं ।
१९, टोखा नगर क्षेत्रको पारिवारिक विवरण (प्रोफाइल) तयार गरी अन्तराष्ट्रिय मापदण्ड अनुरुप काम गर्नेछौं ।
२०, जेष्ठ नागरिकहरुको सम्मान र उपलब्धीहरुको कदर गर्दै उहाहरुको मनोरञ्जनका लागि पार्कहरु निर्माण गर्नुका
साथै असायहरुका लागि बाल तथा बृद्धाश्रकको व्यवस्था गर्नेछौं ।
२१, प्राकृतिक श्रोतको रुपमा उचित संरक्षण गरी हरियाली र प्रदुषणमुक्त शहरको निर्माण गर्नेछौं ।
२२, प्रत्येक वडाहरुमा सुचना केन्द्रको स्थापना र सार्वजनिक सेवाका विषयहरुमा सूचना प्राप्त गर्न सहज प्रविधिको विकास गर्नेछौं ।
२३, प्रत्येक वडा भित्र सहज र सुलभ रुपमा यातायातको प्रबन्ध गर्नेछौं । विद्युतिय साधनहरुलाई प्रोत्साहन गर्दै आवश्यक स्थानमा
प्रविधियुक्त पार्किङ स्थलको व्यवस्था गर्नेछौं ।
२४, नगरपालिका सल्लाहकार परिषद्को गठन गरी अनुभव र विज्ञताको आधारमा कार्य गरी उत्कृष्ट नगरपालिका बनाउनेछौं ।
प्रतिष्ठित व्यक्ति तथा विज्ञहरुको अध्ययन अनुसन्धान र सुझावहरुलाई योजना निर्माणमा मार्गदर्शनको रुपमा लिई कार्य गर्नेछौै ।
२५, नगर तथा वडाहरुमा सदाचारी जनप्रतिनिधि र भष्ट्राचारमा शुन्य सहनशिलताको नीति अवलम्बन गरी सर्वसाधारणलाई कुनै
किसिमको ढीलासुस्ती नगरिकन कार्यहरु सञ्चालन गर्ने वातावरण तयार गर्नेछौं ।
२६, झोर क्षेत्रलाई प्राङ्गारिक कृषि अनुसन्धान केन्द्रको रुपमा विकास गरी कृषि पर्यटनको गन्तव्य स्थलको रुपमा विकास गर्नेछौं ।
२७, सार्वजनिक जग्गाहरुको संरक्षणका साथै सार्वजनिक शौचालय, हरियाली पार्कहरु, कभर्ड हल, खेलकुद मैदान, मठमन्दिर, धारा
लगायतका आवश्यक पूर्वाधारहरु निर्माण गर्नेछौं ।
२८, आवश्यक स्थानमा सडकहरुको निर्माण र स्तरोन्नतीका साथै पक्कि तथा कालोपत्रे गर्नेछौं ।
२९, सडक वत्तिहरुको जडान गरी उज्यालो शहरको रुपमा विकास गर्नेछौं ।
३०, ठाउठाउमा सिसि क्यामेराको जडान गर्नेछौं ।
३१, विष्णुपति, साङ्लेखोला लगायतका नदीहरुको सफाई, ढल व्यवस्थापनका साथै खोलामा मनोरञ्जनका लागि ढुंगा चलाउने र
किनारमा मनोरञ्जनात्मक बजारको विकास गरी रोजगारीको अवसरहरु सिर्जना गर्नेछौं ।
३२, नगरको विकास निर्माण तथा व्यवस्थापनमा राजनीतिक सहकार्यको भावनालाई आत्मसाथ गरी स्थानिय जनताको चाहना
बमोजिम सुन्दर र समृद्ध टोखा निर्माण अभियानलाई अघि बढाउनेछौं ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal