आज :

राप्रपा, पुतली र समाजवादीका कार्यकर्तालेद्वारा कालिकोटमा दलित समुदायमाथि कुटपिट, ५ जना गम्भीर घाइते

  • अनलाइन डबली

कालिकोट । कालिकोटको सान्नीत्रिवेणि गाउँपालिका वडा नम्बर २ मा राप्रपा, पुतली चुनाव चिन्ह लिएर स्वतन्त्रबाट उम्मेदवार बनेका मोहन बहादुर केसी र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले दलित समुदायका अगुवालाई कुटपिट गरेका छन् । उनीहरुले विध्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित ५ जना स्थानीय दलित समुदायका अगुवालाई कुटपिट गरेका हुन् ।

कुटपिटबाट सान्नीत्रिवेणि वडा नम्बर २ को चन्द्रज्योती आधारभूत विध्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर तिरुवा, स्थानीय परेक तिरुवा,धनमल तिरुवा, हस्त तिरुवा र बिनोद तिरुवा घाइते भएका छन् । घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार पछी थप उपचारका लागि मान्मस्थित जिल्ला अस्पतालमा लगिएको छ । घाइतेहरुको टाउको, आँखा र छातीमा गम्भीर चोट लागेको छ ।

पुतली चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका केसीका कार्यकर्ता नारायण बहादुर शाही (नरेश) ,ध्वज बहादुर शाही, मिठ्ठुदेवी बम (शैलजा), जनक केसी (अपिल) र सुरेन्द्र भनिने धन बहादुर केसी लगायतले कुटपिट गरेका स्थानीयले जानकारी दिएका छन् । स्थानीयका अनुसार राप्रपाका केन्द्रिय सह महामन्त्री धन बहादुर बुढा र एकीकृत समाजवादीका कालिकोट अध्यक्ष विश्वराज वमको निर्देशनमा विध्यालय ब्यबस्थापन समितिका अध्यक्ष लगायतका स्थानीयलाई कुटपिट गरेका हुन् ।

राप्रपा, पुतली र समाजवादीले चन्द्रज्योति आधारभूत विद्यालयमा शनिबार चुनावी सभा गरेका थिए । चुनावी सभामा राप्रपाका केन्द्रिय महामन्त्री बुढाले स्वास्थ्य चौकी चुच्चेढुङ्गामा राख्नुहुन्न भनेर भाषण गर्दै गर्दा विध्यालय व्यवस्थापन समिति अध्यक्षलगायत स्थानीयले बिरोध गरेका थिए । बिरोध गरेको आरोपमा उनीहरुले स्थानीयलाई कुटपिट गरेका हुन् । बुढाले चुच्चेढुङ्गामा स्वास्थ्य चौकी राख्नुहुन्न भन्दै बिगतमा अदालतमा मुद्दा समेत चलाएका थिए । उनको क्रियाकलापबाट विगतदेखि नै स्थानीय आक्रोशित हुँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal