आज :

काठमाडौं महानगरपालिका वडा नम्बर २९ मा माओवादी केन्द्रको चुनावी घरदैलाे, यस्ता छन् एजेण्डा

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (मओवादी केन्द्र) ले काठमाडौं महानगरपालिका २९ वडामा चुनावी अभियान तीब्र पारेको छ । महानगरको मेयरमा गठबन्धन भएपनि वडा नम्बर २९ मा माओवादीले एक्लै उम्मेदवारी दिएको छ ।

माओवादीले वडाका विभिन्न टोलमा चुनावी घरदैलो अभियान जारी राखेको छ । माओवादी केन्द्रले वडाका वडा अध्यक्षका उम्मेदवार कृष्णमान श्रेष्ठ मतदाताको घर आगनमा पुगेर आफूलाई भोट दिन आग्रह गरिरहेका छन् । उनले माओवादीकै नेतृत्वमा व्यवस्था परिवर्तन भएको र अब माओवादीले मात्रै जनताको अवस्था परिवर्तन गर्न सक्ने भन्दै आफ्नो टीमलाई भोट दिन आग्रह गरेका छन् ।

“अहिलेको व्यवस्था माओवादीकै कारणले आएको हो । व्यवस्था फेरिएपनि जनताको अवस्था फेरिएको छैन । जनताको अवस्था बदल्न माओवादी नेतृत्वले मात्रै सक्ने भएकोले हामीलाई भोट दिन म अपील गर्दछु” श्रेष्ठले भने ।

घरदैलो अभियानमा रहेका श्रेष्ठले दश वर्षको जनयुद्ध र जनआन्दोलनले संघीयता, गणतन्त्र स्थापना ल्याएको बताउँदै रक्षा गर्दै जनताको जीवनमा परिवर्तन ल्याउन माओवादीलाई भोट अनिवार्य भएको बताए । उनले माओवादीलाई विजयी गराए मात्रै जनताको जीवनमा परिवर्तन आउने भन्दै आफ्नो टीमलाई मत दिन आग्रह गरेका छन् ।

श्रेष्ठले आफूले जितेमा जनताको सेवा जनताको घरमा अन्तरगत डिजिटल प्रणालीमार्फत सेवा, सबैको रहर, स्वच्छ, सुरक्षित र हराभरा सहर बनाउने बताए । उनले त्यसको लागि फोहोर व्यवस्थापन पहिलो प्राथमिकता भएको बताउँदै आफ्नो वडाको फोहोरलाई मल र ऊर्जा उत्पादनमा प्रयोग गर्ने बताए ।

त्यसैगरी घरघरमा उद्यमी, हर घरमा रोजगारी नाराअनुसार सबैलाई आत्मनिर्भर बनाउने योजना रहेको बताए । त्यस्तै, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य

आवश्यक पूर्वाधारको ग्यारेन्टी गर्ने प्रतिवद्धता श्रेष्ठले जनाए । महिला बालबालिका र जेष्ठ नागरिकलाई विशेष स्थान, बढ्नेछ सबैको आत्मसम्मान, युवा अघि सर्छ, वडा अघि बढ्छ, नारा अनुसार युवाको श्रमशक्तिलाई वडामै प्रयोग गर्नेगरी कार्यक्रम ल्याउने बताए । उनले वडालाई भ्रष्टाचारमुक्त वडा तथा सुशासनको सुनिश्चितता गर्ने बताए ।

 

श्रेष्ठले महिला सदस्य रुद्रकुमारी कार्की राईमाझी, मन्सा सिंह परियार दलित महिला सदस्य, लेलबहादुर देउला र ज्ञानकुमार श्रेष्ठ खुल्ला सदस्यका उम्मेद्वारलाई पनि भोट दिन अपील गरो छन् ।

भिडियाे सन्देश

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal