
काठमाडौं । सत्ता गठबन्धनबाट काठमाडौं चुनावी सभा जारी छ । शिर्ष नेताहरुले सम्बोधन गर्ने क्रम सुरु भएो छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले सम्बोधन गरिरहेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सफल भयो भने नेपालको भाग्य सफल हुने बताएका छन् । उनले गठबन्धन सफल भएमा प्रजातन्त्र सफल हुने र राष्ट्र प्रगतिमा अगाडि बढ्ने बताए । उनले गठबन्धन अलिकति अप्ठ्यारो भएको बताउँदै सामना गरेर अगाडि बढ्नु बाध्यता रहेको बताए । गठबन्धन सफल गरायो भने नेपालको भाग्य सफल हुने बताउँदै प्रजातन्त्र सफल हुने र राष्ट्र प्रगतिमा अगाडि बढ्ने बताए ।
गठबन्धनलाई मजबुत बनाउनु जरुरी रहेको भन्दै उनले त्यसका लागि सहयोग गर्ने वातावरण बनाउन आग्रह गरे । सत्ता गठबन्धनले ६ महानगरमा भागबन्डा गरेको भन्दै एकले अर्कोलाई सहयोगको आदन प्रदाान जरुरी रहेको उनले बताए ।
कार्यक्रममा महानगर प्रमुखकी साझा उम्मेदवार सिर्जना सिंहले आफूले जितेमा महानगरलाई सबैको अपनत्व हुने गरी चलाउने बताएकी छिन् ।
महानगरलाई ‘महाघर’ जस्तो गरी चलाउने बताउँदै भनिन् “कहिले पनि मतदाताको शीर निहुरिन दिन्नँ, माहनगरलाई महान घर बनाउने छु । म काठमाडौंलाई महाघर जस्तो गरेर चलाउँछु” सिंहले भनिन् । उनले महानगरलाई सबै जातजातिको, सबैलाई सम्मान गर्ने र सबैको अपनत्व महसुस हुने महानगर बनाउने प्रतिवद्धता समेत जनाइन्।
महानगरमा सुशासन कार्यम गर्न, सामुदायिक विद्यालयको अवस्था सुधार गर्ने, सम्पदा संरक्षण गर्ने, हरियाली बढाउने लगायतका आफ्ना एजेन्डा भएको सिंहको भनाइ छ ।