आज :

२७ गतेदेखि मतदान नसकिएसम्म रक्सी बिक्री र सेवन गर्न नपाइने, आज मतपत्र जिल्लामा पुग्ने

  • अनलाइन डबली

काठमाडौं । चुनाव आउन आजबाट ७ दिन मात्रै बाँकी छन् । निर्वाचन आयोगले तीब्र गतिमा तयारी गरिरहेको छ । आयोगले आज सबै जिल्लामा मतपत्र ढुवानी गरिसक्ने बताएको छ ।

त्यसैगरी गृहमन्त्रालयले पनि तयारीलाई तीब्र पारेको छ । चुनावलाई भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गृहले तह निर्वाचनलाई लक्षित गर्दै वैशाख २७ गतेबाट सीमा नाका बन्द गर्ने भएको छ ।

निर्वाचन आयोगको आग्रहमा वैशाख २७ गते मतदानसम्म नभएसम्मका लागि नेपाल भारत सीमा नाका बन्द हुने भएका हुन् ।
त्यसैगरी आयोगले २७ गते राति १२ बजेदेखि नै मतदान सम्पन्न नहुँदासम्म तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन पूर्ण रूपमा निषेध गर्न गृह मन्त्रालयलाई भनेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्माले यो निर्णय स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको कार्यान्वयनका लागि गरिएको बताए ।

यसैबीच निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले आवश्यक सम्पूर्ण मतपत्र छपाइको काम सकिएको र ती मतपत्र आजसम्ममा सबै जिल्लामा ढुवानी गरिसक्ने जानकारी दिएका छन् ।

आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका छन् । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरु छन् । देशभरका ७५३ पालिकाका जनप्रतिनिधि चुन्न यही वैशाख ३० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal