आज :

आज देशभर मौसम बदलीः काठमाडौंमा बर्षा, यी ठाउँमा चट्याङको सम्भावना

  • अनलाइन डबली

काठमाडौं । केही दिनदेखि मौसम बदली भइरहेको छ । नेपालमा स्थानीय वायु र भारतको मध्य प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागमा बनेको न्यून चापीय प्रणाली प्रभावका कारण मौसम बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विहीबार केही स्थानमा मौसम सफा रहेपनि शुक्रबार विहानैबाट पुनः देशका अधिकांश भूभागमा मौसम बदली भएको छ । विहानैबाट काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बर्षा भइरहेको छ । काठमाडौंमा रातिबाट मौसम पूर्णरुपमा बदली भएको थियाे ।

महाशाखाका अनुसार आज देशका विभिन्न ठाउँमा मेघ गर्जन र चट‍्याङसहित बर्षा हुनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा साथै बाकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको छ।

शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।उता शनिबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै आइतबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal