काठमाडौँ । सत्ता गठबन्धनले आज चितवनको भरतपुरमा चुनावी सभा सुरु भएको छ । चुनावको केन्द्र बनेको चितवनको भरतपुर महानगर बनेको छ । रेणु दाहाल उम्मेदवार बनेसँगै फेरि भरतपुर चर्चामा छ ।
नेपाली काँग्रेसबाट बागी भएपछि फेरि भरतपुर के हुने हो भन्ने चर्चा भइरहेको बेला पाँचै पार्टीका मुख्य नेताहरुले आजको चुनावी सभालाई सम्बोधन गर्दै छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका पार्टीका शिर्ष नेताहरुले चुनावी सभााई सम्बोधन गर्न लागेका छन् । देउवालगायतका केही नेताहरु हिजै चितवन पुगिसकेका थिए भने केही नेताहरु आज विहान पुगेका हुन् ।
सभामा नेपाली कांग्रेसको चितवन जिल्लाका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले सम्बोधन गदैृ रेणु दाहाललाई नेपाली काँग्रेस जिताउन लाग्ने बताए । उनले प्रचण्डलाई धोका नदिन समेत भनेका छन् । उनले गठबन्धनका उम्मेदवारलाई भरतपुरमा कांग्रेसले एक ढिक्का भएर जिताउने पनि बताए । पहिले पार्टीले निर्णय नगर्दासम्म आफूहरुको केही गुनासो भए पनि पार्टीले निर्णय गरेपछि एकढिक्का भएर लाग्ने उनले बताए ।
त्यसैगरी अहिले मेयरकी उम्मेदवार रेणु दाहालले बोलिरहेकी छन् । उनले आफूले गर्न नसक्ने एजेण्डा नराख्ने र जे भन्यो, त्यही गरेको बताउँदै विगतमा भएका अपुगतालाई नयाँ कार्यकालमा सच्चाउने बताइन् । उनले आफू गठबन्धनको मेयर बनेर काम गर्ने प्रतिवद्धता समेत गराइन् ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली


