आज :

त्रिभुवन विमानस्थलमा शंकास्पद बस्तुः सबै यात्रु बाहिर निकालियो, कर्मचारीले कार्यकक्ष छोडे

  • अनलाइन डबली

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ब’म राखेको फोन आएको छ । बुधबार विहान अज्ञात व्यक्तिले फोन गरेर आन्तरिक टर्मिनलमा ब’म राखेको जानकारी गराएका थिए ।

उक्त व्यक्तिको फोनसँगै कर्मचारीहरुले कार्यकक्ष छोडेर बाहिर निस्किएका छन् भने सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ ।

अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ । अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ ।

एक कर्मचारीका अनुसार अज्ञत व्यक्तिले त्रिभुवन विमानस्थलमा टन्तरिक टर्मिनलमा ५/६ वटा ब म रहेको बताएका थिए । उक्त फोनपछि सबै क्षेत्रमा सुरक्षा सतर्कता बढाउनुको साथै यात्रुहरुलाई बाहिर निकालेर सर्च अपरेसन थालिएको छ ।

नेपाली सेनाको टोली तालिमप्राप्त कुकुरसहित विमानस्थलमा पुगेको छ । अन्तरिक उडान बन्द गरिएपनि अन्तर्राष्ट्रिय उडान भने सुचारु रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal