आज :

एमालेले चुनाव प्रचारमा बालबालिकाको प्रयोग गर्यो, मानवअधिकारवादी संस्थाको आपत्ति

  • अनलाइन डबली

बाँके । स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा नेकपा एमालेले बालबालिकाहरुको प्रयोग गरेको पाइएको छ। बाँकेको डुडुवा गाउँपालिकामा बालबालिकाहरुलाई चुनावी प्रचार प्रसारमा प्रयोग गरिएको भेटिएको हो ।

बाँकेको डुडुवा गाउँपालिकामा गत बुधबार अनुगमनका क्रममा बालबालिकाहरुलाई निर्वाचनको प्रचार प्रसारमा प्रयोग गरिरहेको भेटिएको मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप)का केन्द्रीय अध्यक्ष आलम खानले बताए । ‘बालबालिकाहरुलाई एमालेको झण्डा र चुनाव चिन्ह बोकाएर गाउँमा चुनाव प्रचार गर्न हिडाएको अवस्था देखियो’, खानले भन्नुभयो, ‘त्यहाँ १० देखि १४÷१५ वर्षसम्मका बालबालिकाहरु झण्डा बोकेर हिडिरहेका थिए ।’

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा २ मा राजनीतिक प्रयोजनका लागि बालबालिकालाई सङ्गठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम, धर्ना र जुलुसमा प्रयोग गर्न नहुने भनी उल्लेख गरिएको छ ।

यसलाई बालबालिकाविरुद्ध कसुरको रूपमा व्यवस्था गरिएको र यदी कोही कसैले सो कसुर गरेमा दफा ७२ मा ७५ हजार रुपियाँसम्म जरिवाना र तीन वर्ष कैदको व्यवस्था गरिएको छ ।

हुरीपपद्वारा आपत्ति

यसैबीच मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) का केन्द्रीय अध्यक्ष आलम खानले स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग भएकोमा आपत्ति जनाउनु भएको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे अनुुगमन गरिरहेको संस्था हुरीपपका अध्यक्ष खानले बाँकेको डुडुवा गाँउपालिकामा नेकपा एमालेले चुनाव प्रचार प्रसारका क्रममा बालबालिकाको प्रयोग गरेको पाइएकोले तत्काल रोक्नुपर्ने अपिल गरे । बाँकेको डुडुवामा बुधबार मानव अधिकारवादी संस्था हुरीपपले अनुगमन गर्दा चुनावी प्रचार प्रसारमा एमालेले बालबालिकाको प्रयोग गरीरहेको पाइएकोले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न नगराउन अपिल गरेको छ ।

१८ वर्ष मुनिका बालबालिकालाई प्रयोग गर्ने र गाँउपालिकाका विद्यालयमा आमसभा लगायत चुनावी कार्यक्रम गर्ने सम्भावना भएकाले यस विषयमा गम्भीर भएर त्यस्ता गतिविधिलाई रोक्नुपर्ने अध्यक्ष खानले माग गरे । अध्यक्ष खानले गाउँ–गाउँमा मतदाता शिक्षा प्रभावकारी रुपमा सञ्चालन नहुँदा मत बदर हुने सम्भावना बढ्न सक्नेप्रति चिन्ता व्यक्त गर्दै उहाँले मतदाता शिक्षा सञ्चालन गर्न निर्वाचन कार्यालय बाँकेलाई सुझाव समेत दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal