आज :

अछाम रामारोशनमा माओवादी केन्द्रबाट पहल र सिर्जनाः युवा जोस-जागर रामारोशनबासीको हितमा

  • अनलाइन डबली

अछाम । जिल्लाको रामारोशन गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) ले पहल साउद ‘सन्तोष’ लाई अध्यक्ष र सिर्जना बुढालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । उम्मेदवारीसँगै चुनावी अभियानको तयारीमा रहेका साउद र बुढाले आफूहरुको उम्मेदवारी रामारोशन सदृद्धि र विकासको लागि भएको बताएका छन् ।

युद्ध पत्रकारिता हुँदै माओवादी केन्द्रको प्रदेश सदस्य र रामारोशन गाउँपालिकाको इन्चार्ज भएका सन्तोषले आफूले सबै पक्ष र व्यक्तिको त्याग बलिदानलाई उच्च सम्मान गर्ने बताए । उनले नयाँ ढंगले रामारोशनको विकास र जीवन स्तर उठान आफ्नो नेतृत्वमा माओवादी केन्द्रले युवाहरुको शसक्त टीम अघि सारेको बताए । युवा जोस जागरलाई रामारोशनबासीको हितमा प्रयोग गर्ने प्रतिबद्धता समेत उनले जनाए ।

“पालिकादेखि वडासम्मै युवा पंक्तिको नेतृत्व गर्दै अगाडि सारेका छौं । माओवादीबाट सबै उम्मेदवार रामारोशनको लागि योगदान गरेका र गर्न सक्ने युवाहरु नै छौं । रामारोशनबासीको लागि हामीले ज्यान दिएर जनयुद्धमा होमिएका थियौँ, संयोगले बाचेर फर्किएरका हौँ । एक पटक फेरि ज्यान दिन चुनावी मैदानमा होमिएका छौं, मतदताज्यूहरुले त्यो अबसर दिनुहुनेछ भन्ने विश्वास छ” साउदले भने ।

सानै उमेरमा जनयुद्धमा लागेका साउद शान्तिप्रक्रियापछि पत्रकारितमा पनि सक्रिय थिए । उनकै नेतृत्वमा अछाममा रेडियो जनप्रिय स्थापना भएको थियो । माओवादी केन्द्र निकट प्रेस सेन्टरको केन्द्रीय नेतृत्वसम्म पुगेका साउद पछिल्लो पटक पार्टी राजनीतिमा सक्रिय भएका थिए । हाल उनी रामारोशन गाउँपालिकाको इन्चार्ज समेत हुन् ।

त्यसैगरी माओवादी केन्द्रले उपाध्यक्षमा अगाडि सारेकी सिर्जना बुढा जनमुक्ति सेनाको कम्पनी कमाण्डर समेत भएर जनयुद्धमा महत्वपूर्ण भूमिका खेलेकी थिइन् । हेटौडा माइतीघर घर भएकी सिर्जना जनवादी विवाद गरेर रामारोशन पुगेकी थिइन् । सिर्जनाले रामारोशनबासीको एक पटक सेवा गर्ने भन्दा आफ्नो कुनै स्वार्थ नभएको बताइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal