आज :

रुसले कसैसँग नभएकाे र विश्वका जुनसुकै स्थानमा आणविक हमला गर्न सक्ने क्षेप्यास्त्र परीक्षण गर्याे

  • अनलाइन डबली

काठमाडौँ । रुसले एउटा नयाँ र शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफल परीक्षण गरेको छ । युक्रेनमा सैन्य कारवाही सुरु गरेको दुई महिना पुग्नैलाग्दा रुसले नयाँ आणविक क्षमता भएको क्षेप्यास्त्र परीक्षण गरेको हो ।

रुसी अधिकारीहरुका अनुसार यो क्षेप्यास्त्रले एकै पटक १० भन्दा धेरै परमाणु ब म बोकेर मार हान्न सक्छ । यसले १० हजार किलोमिटरसम्म मार हान्न सक्ने बताइएको छ । क्षेप्यास्त्र उत्तरपश्चिम रुसको प्लेसेत्स्कबाट प्रहार गरिएको थियो भने करिब ६००० किलोमिटर टाढा खसेको थियो । यसले अमेरिकाका जुनसुकै शहरमा पनि आणविक हमला गर्न सक्ने बताइएको छ । यसले १८ हजार टाढासम्म मार हान्न सक्छ ।

क्षेप्यास्त्रको सफल परीक्षणपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसविरुद्ध लाग्नेहरुले आफ्नो बारेमा दुई पटक सोचेर मात्रै लाग्न चेतावनी दिएका छन् । “शत्रुहरुले रुसविरुद्ध लाग्नुभन्दा पहिले अब दुई पटक सोच्नुपर्ने हुन्छ” पुटिनले भने ।

पुटिनले यस्तो क्षेप्यास्त्र कुनै पनि देशसँग नभएको बताउँदै विश्वमै पहिलो पटक परीक्षण गरिएको बताए । उनले क्षेप्यास्त्रद्वारा एकैपटकमा १० वा सोभन्दा धेरै परमाणु ब म प्रहार गर्न सकिने बताए। उनका अनुसार उक्त क्षेप्यास्त्र एन्टी मिसाइल रहेकोले अन्य हतियार वा मिसाइलले त्यसमा कुनै क्षति गर्न सक्दैन। याे मिसाइल १६ हजार किलाेमिटर प्रतिघण्टा र ध्वानीभन्दा १० गुणा बढी मार हान्न सक्छ ।

अमेरिका सहित पश्चिमा देशहरुले रुसविरुद्ध युक्रेनलाई हतियार दिइरहेको बेला रुसले कसैसँग नभएको क्षेप्यास्त्र सफल परीक्षणलाई अर्थपूर्ण हेरिएको छ । रुसले युक्रेनका अधिकांश क्षेत्रमा नियन्त्रण कायम गरिसकेको छ । तर, पश्चिमा देशहरुले हतियार सहयोग गरेका कारण ठूलो मानवीय क्षति हुने भन्दै रुसले घेराबन्दी गर्दै युक्रेनी जस्थालाई गलाउँदै लगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal