आज :

युक्रेनमाथि रुसले सुरु गर्यो दोस्रो चरणको हमला, एकै पटक पाँचवटा युद्धपोत समुन्द्रमा

  • अनलाइन डबली

काठमाडौँ । रुसले युक्रेनमाथि सैन्य कारवाही सुरु गरेको आज ५६ दिन भएको छ । राजधानी किभसहित अधिकांश क्षेत्रहरुमा रुसी सेनाको उपस्थिति रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । राजधानी किभसहित धेरै क्षेत्रमा रुसी सेनाले लगातार हमला गरिरहेको छ ।

टर्कीको स्तानबुलमा भएको शान्ति वार्तापछि रुसले कारवाही कम गरेको थियो । बार्तामा रुसले कारवाही घटाउने वा पछि हट्ने युक्रेन मानवीय करिडोर क्षेत्र खुला गर्ने, फसेकका मानिसहरुलाई बाहिर निकाल्ने, लामो समयदेखि विवादमा रहेका पूर्व क्षेत्रबारे छलफल गर्न तयार हुने र रुसको सुरक्षा चाँसोबारे गम्भीर हुने र त्यसबारे आवश्यक निर्णय लिने सहमति भएको थियो । तर, युक्रेनले अमेरिका, नेटोसँग सैन्य सहयोग मागरिह्यो । बुचा शहरलाई रुसविरुद्ध प्रचारयुद्ध छेड्यो, सीमा क्षेत्रस्थित रुसी बस्तीमाथि हमला गर्न थालेपछि रुसले पुनः हमला तेज बनाएको थियो ।

यो रुसको दोस्रो चरणको हमला हो । यो पहिले भन्दा निकै बढी तेज भएको बताइएको छ । यो कुरा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि स्वीकार गरेका छन् । उनले पूर्वमा रहेको डोन्बास क्षेत्रमा अपेक्षा गरिएको ठूलो स्तरको हमला थालेको बताएका छन् ।

जेलेनस्कीले टेलिभिजनमार्फत् एउटा सम्बोधन गर्दै डोन्बासमा हमलाका लागि रुसले ठूलो सङ्ख्यामा आफ्ना फौज संलग्न गराएको पनि जेलेन्स्कीले बताएका छन् । उनले आफ्नो सेनाले प्रतिरक्षा गरिरहने बताए ।

डोन्बास क्षेत्रको एउटा हिस्साको रूपमा रहेको लुहान्स्कका गभर्नरले केही शहरहरूमा लगातार भइरहेका आक्रमणबीच स्थिति नर्कजस्तै भएको बताएका छन् । त्यस्तै, जेलेन्स्कीका प्रमुख सहयोगीले डोन्बासमाथि थालिएको आक्रमणले दोस्रो चरणको भएको बताएको बीबीसीले बताएको छ ।

यसअघि अर्को मुख्य शहर मारियोपोलमा रहेको युक्रेनी सेनाको अन्तिम डम्फालाई रुसले आत्मसमर्पण गर्न समय दिएको थियो । उक्त समयभित्र युक्रेनी सेनाले आत्मसमर्पण नगरेपछि रुसी सेनाले उच्चस्तरको कारवाही सुरु गरेको छ । रुसी सेनाले युक्रेनको सैन्य बन्दोबस्ती केन्द्रमाथि हमला गरेर ठूलो क्षति पुर्याइदिएको छ ।

मारियोपोलको स्टील कारखानमा रहेको बंकर बसेर रुसी सेनाविरुद्ध लडिरहेको युक्रेनी सेनामाथि रुसले बंकर ध्वस्त पार्ने गरी हमला गरेको छ । यो हमलाबाट आत्तिएर अन्तिम जत्थाका प्रमुखले भिडियो सन्देशमार्फत सर्वसाधारण तथा घाइते सैनिकलाई निस्कनका लागि सुरक्षित मार्ग दिन अपील गरेका छन् । आत्मसमर्पणको समय सीमालाई हल्का रुपमा लिएको भन्दै रुसी सेनाले उनको अपील नसुनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

यसैबीच रुसको मस्क्वामा युद्धपोत आन्तरिक दुर्घटनापछि समुन्दं्रमा डुबेको थियो । उक्त युद्धपोतमा आगलागी हुँदा समुन्द्रमा डुबेको थियो । युक्रेनले आफ्नो सेनको हमलाबाट मस्क्वा डुबेको दाबी गरेको छ । युक्रेनको उक्त दाबीपछि रुसले उक्त पानीजहाजमा भएका सेना सुरक्षित रहेको भिडियो सार्वजनिक गरिएको छ । मस्क्वामा डुबेको जल क्षेत्रमा रुसले एकै पटक पाँचवटा युद्धपोत उतारेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal