आज :

सल्यानमा गठबन्धनले चुनावी तालमेल नगर्ने, कम्युनिस्टहरु मिल्ने !

  • अनलाइन डबली

काठमाडौँ । सल्यानमा सत्तारुढ पाँच पार्टीको गठबन्धनले चुनावी तालमेल नगर्ने निर्णय गरेको छ । जिल्लामा स्थानीय तहमा भागबण्डामा सहमति नभएपछि गठबन्धन दलहरुले सहमतिमै चुनावी तालमेल नगर्ने निर्णय गरेका हुन् ।

आइतबार गठबन्धन दलहको बैठकपछि संयुक्त विज्ञप्ति जारी गरेर तालमेल नगरी मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय गरेको जनाइएको छ ।

विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति केशबहादुर विष्ट, उपसभापति सन्तोष केसी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज लोकबहादुर डाँगी, जिल्ला अध्यक्ष हरिहर केसी, नेकपा माओवादी केन्द्रका पार्टी इञ्चार्ज उमकान्त शर्मा र जिल्ला संयोजक कृतिबहादुर पुनले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

गठबन्धन दलहरूबीच चुनावी तालमेल नगर्ने सहमति भएसँगै कम्युनिस्ट पार्टीहरूबीच छलफल सुरू भएकाे छ । जिल्लामा रहेका माअाेवादी केन्द्र र नेकपा एमालेका जिल्ला तहका नेताहरूबीच अनाैपचारिक छलफल सुरू गरेकाे बताइएकाे छ ।

यसैबीच सत्ता गठबन्धन दलहरुबीच पनि अन्य स्थानीय तहमा पनि सहमति हुन सकेको छैन । नेपाली काँग्रेसको दम्भ र नेकपा एकीकृत समाजवादीको बढी माग गठबन्धनको लागि मुख्य बाधक भएको माओवादी नेताहरुले बताएका छन् ।

एकीकृत समाजवादीले पोखरा महानगरपालिकासहित ३ उपमहानगरपालिकामा दाबी गरेको छ । काँग्रेसले सबै महानगर र उपमहानगरमा एकल उम्मेदवारी दिन चाहिरहेको छ ।

एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको लागि १३ जनाको नाम सिफारिस गरेको छ । सानो दल त्यसमा पनि उम्मेदवारीमा १३ जनाले दाबी गरेका छन् । आइतबार बसेको एकीकृत समाजवादीको जिल्ला कमिटीको बैठकले मेयरको उम्मेदवारका लागि १३ र उपप्रमुखको उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको एकीकृत समाजवादी कास्कीले जनाएको छ ।

पोखरा महानगरपालिकाको लागि जिल्ला अध्यक्षसमेत रहेका धनराज आचार्य, श्रीनाथ बराल, देवेन्द्र बास्तोला, दाताराम आचार्य, मदनकाजी श्रेष्ठ, विजय बाबु वनबासी, भीमा पौडेलगायतले नाम मेयरको उम्मेदवारका लागि सिफारिस भएको बताइएको छ । त्यस्तै, महाननगरको उपप्रमुखको उम्मेदवारका लागि जिल्ला सचिव होम नेपाली, पूर्ण लामा, संगीता शर्मा र महेन्द्र गुरुङ रहेका छन् ।

यसैगरी जनता समाजवादीले पार्टी (जसपा) ले सत्ताले पनि एक महानगरपालिका र तीन उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ ।

आइतबार दिउँसो बसेको सत्ता गठबन्धनको केन्द्रीय संयन्त्रको बैठकमा वीरगंज महानगरपालिका र अरु तीन उपमहानगरपालिकामा दाबी गरेको छ । जसपाले वीरगंजका अलवा धरान, जनकपुरधाम र नेपालगञ्ज उपमहानगरपालिकामा पनि नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal