आज :

राजतन्त्र फर्किदैन, ज्ञानेन्द्रले सबै बाटाहरू बन्द गरेः कमल थापा

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले अब नेपालमा राजतन्त्र नफर्किने बताएका छन् । उनले शनिबार नयाँ बर्षको शुभकामना दिँदै नेपालमा अब राजा फर्कने सम्भावना सकिएको बताएका हुन् ।

सामाजिक सञ्जालमा थापाले पार्टीहरु असफल भए राजा नआउने बताउँदै भने “पार्टीहरू असफल भएर राजा आउने होइन । एउटा पार्टी असफल भए अर्को आउँछ ।”

राजतन्त्र फर्फने विभिन्न कारण रहेपनि सबै बाटाहरु बन्द भइसकेको बताएका छन् । उनले नामै नलिएर ज्ञानेन्द्र शाहले सबै बाटाहरु बन्द गरिदिएको बताए । युवा पिँढीलाई राजा फर्कने भ्रममा पार्नु नहुने समेत बताएका छन् ।

“राजा फर्कने अरु नै कारण थिए। राजाले नै त्यो बाटो बन्द गरिदिए । अब असम्भव एजेन्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन। असम्भव एजेण्डा बोकेर हिन्दुराष्ट्रलाई बन्धक बनाउन हुँदैन । २र३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन” थापाले भनेका छन् । थापाको भनाइ छ ।
राप्रपाको महाधिवेशनमा आफूलाई ज्ञानेन्द्र शाहले असहयोग गरेको र उनकै हस्तक्षेपका कारण आफू पराजित भएको भन्दै थापाले तीब्र आक्रोस व्यक्त गरेका छन् । उनले राप्रपाबाट अलग भएर राप्रपा नेपाल पुर्नगठन गरेका छन् ।
आफ्नो पुरानो चुनाव चिन्ह गाई नपाएपछि थापाले नेकपा एमालेसँग चुनावी तालमेल गरेका छन् । थापाको राप्रपाले एमालेको चुनाव चिन्ह सूर्यमा लिएर चुनावमा जाने सहमति गरेको छ ।
अध्यक्ष थापाले एमालेसँगको चुनावी तालमेलबारे अहिले आफूले गाली खाइरहे पनि आफू बलियो घर बनाउने अभियानमा रहेको थापाको भनाइ छ ।

“मलाई थाहा छ,अन्ततः तपाईंहरु मेरै बाटोमा आउनुपर्छ।अहिले गालीगलौज र आरोपहरु खेपेर भए पनि तपाईंहरुका लागि म बलियो घर बनाएर राखिदिनेछु। पहिले पनि मैले बनाएकै घरमा तपाईंहरू आएको हो। त्यहाँ अझै केही समय रमाई राख्नोस्” थापाले लेखेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal