आज :

विप्लव नेकपाका तीनजना केन्द्रीय सदस्यसहित दर्जनौं नेताहरु माओवादी केन्द्रमा ध्रुविकरण

  • अनलाइन डबली

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पूर्व केन्द्रीय सदस्यसहित दर्जनौं न‍ेताहरु नेकपा माओवादी केन्द्रमा समाहित भएका छन् । विहीबार खुमलटारमा भएको ‘माओवादी ध्रुविकरण र एकता कार्यक्रम’ मा उनीहरु माओवादी केन्द्रमा समाहित भएका हुन् ।

आज ध्रुविकरण हुनेमा पूर्व केन्द्रीय सदस्यदेखि जनवर्गीय संगठनका वर्तमान अध्यक्ष समेत रहेका छन् । सुदूरपश्चिममा जनयुद्धको अगुवाइ गरेका नेताहरु समेत रहेका छन् । सुदूरपश्चिममा जनयुद्धको अगुवाइ गर्ने हेमराज भट्टराई, भगत बडुवाल, रामप्रसाद तिमिल्सिना, जनमुक्ति सेनाका कमाण्डर तथा विप्लव नेकपाको जनक्रान्तिका घाइते याेद्धा संगठनका अध्यक्ष प्रेम बयक, संविधानसभा सदस्य तथा विप्लव नेकपा नेता हरिलाल थापा मगर, पूर्व जिल्ला इन्चार्ज पुकारसहितका नेताहरुको टीमले माओवादी केन्द्रसँग ध्रुविकरण तथा एकता गरेको हो ।

भट्टराई, बडुवाल, तिमिल्सिना विप्लव नेकपाका पूर्व केन्द्रीय सदस्य हुन् । तीनै जना जनयुद्धका सुदूरपश्चिमका पहिलो पुस्ताका नेता हुन् । तिमिल्सिना लामो समयसम्म जेल जीवन बिताएका थिए । जेलमै रहेको बेला कैलालीको धनगढीमा गरेको हमलाको क्रममा जेलबाट उनीसहितका नेताहरुलाई माओवादीले मुक्त गराएको थियो ।

जनमुक्ति सेनाको नेतृत्व गरेका र बडुवाल पहिलो संविधानसभामा कैलाली २ नम्बर क्षेत्रबाट अत्याधिक मतले विजयी भएका थिए भने भट्टराई जनयुद्धको क्रममा कैलाली-कंचनपुरको नेतृत्व समालेका थिए । बयकले विप्लव नेकपाको जनवर्गीय संगठनको रुपमा रहेको उक्त संगठनका वर्तमान अध्यक्ष हुन् । उनी जनयुद्धको क्रममा तत्कालिन शाही सेनासँगको दोहोराे भिडन्तको क्रममा घाइते भएका थिए ।

बयकले थवाङमा सम्पन्न महाधिवेशनमा पार्टीको नामबाट माओवादी हटाउने प्रस्तावको विरोध गरेका थिए । उनले माओवादी शब्द हटाउन खोज्न विचारमा आएको समस्या भएको बताउँदै असहमति राखेका थिए ।

त्यस्तै पूर्व ब्यूरो सदस्य क्षितिज, पूर्वबटालियन कमाण्डर बिहानी, पूर्व कम्पनी कमाण्डर करण, सोपान, रविन, मोहित, वकिल जनक सिंह, पूर्व ब्यूरो सदस्य दोभान, दलित मोर्चाका पूर्वअध्यक्ष कृष्ण बिक, शिक्षक संगठनका रण ब. भण्डारी, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य दीपक भण्डारी, पूर्व कम्पनी भिसी तुफान, संगम, राजकुमार, जिल्ला सदस्य पार्टी भक्त वयक, पूर्व प्लाटुन कमाण्डर विष्णु तिमिल्सिना, सर्वजित रावल, ममता बोहराले विप्लव नेकपा परित्याग गरेका छन् ।

त्यसैगरी कैलालीबाट १३ जना जिल्ला कमिटी सदस्यहरु इश्वरी चन्द, गंगा सिंह, जानकी तिमिल्सिना, राज बहादुर बुढा, धादिङका पूर्व जिल्ला सदस्य बुद्ध गुरुङ, रसुवा पूर्व जिल्ला सदस्य चेरोङ तामाङ, विशेष फोर्स सदस्य देवा लामाले पनि विप्लव नेकपा परित्याग गरेका छन् ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरुले जनयुद्दकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको बताउँदै अहिले पनि त्यही रणनीति अन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताए । पार्टीमा अन्तरविरोध भए पनि पार्टी विभाजन गल्ती भएको बताउँदै जनयुद्धको गौरव बोकेका सबै माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्टबीच ध्रुवीकरणको आवश्यकता रहेकोमा प्रचणडले जोड दिए ।

जनयुद्दकालदेखिका कतिपय प्रसंगको चर्चा गर्दै प्रचण्डले यो ध्रुवीकरणले ठूलो सन्देश दिएको बताउँदै समाजवादी क्रान्तिका लागि अघि बढ्न परिवर्तकामी सबै कम्युनिष्टहरु ध्रुबीकरण हुन अपील समेत गरे ।

कार्यक्रममा बोल्दै विप्लवको कार्यलय सचिव रहेर समेत काम गरेका हेमराज भट्टराईले जनयुद्धको उपलब्धी नपचाएका शक्तिहरुले घेरा बन्दी गरेको भन्दै जनयुद्धकै उपलब्धि खोसिन थालेपछि आफूहरु जनयुद्धको मूल नेतृत्वमै ध्रुविकरण भएको बताए । उनले सबै माओवादीहरुले नयाँ सिराबाट छलफलको आवश्यकता रहेको समेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal