आज :

बतास समूहको अझै दादागिरी, सरकारी टोलीलाई धर्मशाला परिसरभित्र प्रवेश गर्न राेक

काठमाडौं । सरकारी जग्गा कौडीको भाउमा हड्पेर व्यवसाय गर्दै आएको बतास समूहको दादागिरी अझै जारी रहेको छ । शुक्रबार सरकारी टोलीलाई पशुपति धर्मशाला परिसरभित्र प्रवेशमा अवरोध पुर्याएको छ ।

होटल संचालन गर्न बतास समूहसँग गरेको सम्झौता सरकारले रद्ध गरेर धर्मशाला खाली गराउने निर्णय गरेको थियो । उक्त निर्णय नमान्ने भन्दै बतास समूह अदालत समेत पुगेको थियो । तर, अदालतले पनि सरकारको निर्णय कार्यान्वयन गर्न बाटो खोलेको थियो ।

शुक्रबार दिउँसो सरकारी टोलीलाई बतास समूहले धर्मशाखाको गेटमै रोकेको थियो । भित्र पस्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट बन्द गरेका थिए । सरकारी टोलीलाई गेटमै रोकेपछि केही समय भनाभन भएको बताइएको छ ।

सरकारी टोलीले पटक पटक गेट खोल्न आग्रह गर्दा पनि भित्रबाट बतास समूहका प्रतिनिधिले खोलेनन् । बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेका थिए । तर सरकारी प्रतिनिधिहरुले भने आफूहरुले आफ्नो प्रपर्टी हेर्न पनि नपाउने भन्दै गेट खोल्न आग्रह गरेका थिए ।

सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रा.ली.सँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । सम्झौता रद्ध गरिएको पत्र बतास समूहले अझै बुझ्न मानेको छैन ।

सोमबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो । सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन भनिएको छ । तर भवन खाली गरिएको छैन । सरकारी प्रतिनिधिसहितको टोली शुक्रबार होटलमा ताला लगाउन आएको भन्दै बतास समूहले गेटमै रोकेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal