आज :

नेपाल बारको चुनावः एमाले निकट उम्मेदवार ६ सय मतले पछाडि

काठमाडौँ । नेपाल बार एसोसिएसनको चुनावमा नेकपा (एमाले) निकट उम्मेदवार पछि परेका छन् । जारी मत गणनामा एमाले निकट वकिलहरुका उम्मेदवार ६ सय मतले पछि परेका छन् ।

पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धन दल निकट कानुन व्यवसायीका साँझा उम्मेदवार गोपालकृष्ण घिमिरे करिब ६ सय मतले अगाडि छन् । घिमिरे ११ सय मत ल्याउँदा प्रगतिशील समूहबाट उम्मेदवारी दिएका विष्णुमणि अधिकारीले ५ भन्दा बढी मत ल्याएको बताइएको छ । उनलाई एमालेको साथ रहेको छ ।

त्यसैगरी महासचिवका उम्मेदवार पनि गठबन्धनकै उम्मेदवार अगाडि छन् । अन्जिता खनालले ८३६ मत पाउँदा प्रगतिशील खेमाका केदारप्रसाद कोइरालाले ५५० मत पाएका छन् ।

मत गणनास्थलमा रहेका एक कानुन व्यवसायीका अनुसार अध्यक्षसहित सबै पदमा सत्ता गठबन्धन दलका उम्मेदवार अगाडि रहेका छन् ।
प्रदेश नम्बर १ को विराटनगरबाहेक अन्य सबै स्थानको मत गनि सकिएको छ भने प्रदेश नम्बर २ को राजविराजको मत गन्न बाँकी छ । त्यस्तै सर्वोच्च अदालत बारको ३६२ मत र ललितपुर बारको २ सय मत गनि सकिएको छ ।

एमाले निकट प्रगतिशील समूहको पकड रहेको पाटन बार र काठमाडौं जिल्ला बारको मत भने अझै गन्न बाँकी नै छ । बारको निर्वाचनमा करिब ७ हजार ४ सय मत खसको थियो । अध्यक्ष पदमा निर्वाचित हुन करिब ३ हजार ७ सय मत ल्याउनु जरुरी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal