आज :

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्रले बनाए अर्धशतक, पिएनजीलाई २७९ रनको चुनौती

काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालका दिपेन्द्र सिंह ऐरीले पहिलो अर्धशतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा भएको पपुवा  न्युगिनी (पीएनजी) विरुद्धको खेलमा अर्धशतक प्रहार गरेका हुन् ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ८४ बल बल खेलेका उनले ३ चौका प्रहार गरे । यसअघि नेपालका लागि देव खनालले एकदिवसीयमा पहिलो अर्धशतक प्रहार गरेका थिए । ७२ बल खेलेका उनले २ चौका र ३ छक्काको सहयोगमा ५२ रन बनाए ।

२८ ओभरको समाप्तिमा नेपालले २ विकेट गुमाएर १२५ रन बनाएको छ । नेपालले पहिलो ओभरको पहिलो बलमा पहिलो विकेट गुमाएको थियो । नेपालका कुशल भुर्तेल रोयल डक भएका हुन् । उनलाई अलेइ नोवाले क्यच आउट गराएका हुन् ।

नेपालले तेस्रो ओभारको पहिलो बलमा दोस्रो विकेट गुमायो । नेपालका अनिल शाह उनलार्ई नोवाले क्याच आउट गराए । शाहले मात्र १ रन बनाए ।

दीपेन्द्रको अर्धशतकसँगै  पीएनजीलाई २७९ रनको चुनौती दिएको छ ।  नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७८ रन बनायो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal