आज :

एक दिवसीय क्रिकेटः रोहितले कीर्तिमानी शतक तर नेपाल पपुवा न्युगिनीसँग पराजति

काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल पपुवा न्यूगिनीसँग पराजति भएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका युवा ब्याट्सम्यान रोहित कुमार पौड्यालले तीन नयाँ कीर्तिमान बनाएका थिए । उनले पारस खड्काको किर्तिमानी तोडेका छन् । अब रोहित नेपालको सर्वाधिक गोल गर्ने खेलाडी भएका छन् ।

तर, नेपाल पीएनजीसँग पहिलो एकदिवसीय खेलमा ६ रनले पराजित भएको छ । पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्रै बनाउन सक्यो । रोहितले  १०७ बलमा ७ चौका र ४ छक्काको सहयोगमा १२६ रन बनाएका थिए । यसअघि पारस खड्काले ११५ रनको सर्वाधिक रन स्कोरको कीर्तिमान बनाएका थिए । आजको खड्काको रोहितले तोडेका छन् ।

रोहित १२६ रनसँगै नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । त्यस्तै नेपालका लागि आरिफ शेखले ३४ रनको योगदान गर्दा कुशल भुर्तेलले ३२ रन जोडे ।

बलिङतर्फ पीएनजीका लागि नोरमान भानुवाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कार्लेस एमिनी र असाड भालाले दुई–दुई विकेट लिए ।

नोसाइना पोखानले एक विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो ।

पीएनजीका लागि कार्लेस एमिनीले सर्वाधिक ७७ रनको अर्धशतकीय पारी खेले । १०३ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे । उनलाई सोमपाल कामीले ४६ ओभरको दोस्रो बलमा बोल्ड आउट गराए ।

त्यस्तै पीएनजीका कप्तान असाड भालाले ६० रनको अर्धशतकीय पारी खेले । ५५ बल खेलेका उनले ११ चौका प्रहार गरे । उनलाई नेपालका दिपेन्द्र सिंह ऐरीले २६ औं ओभरको पहिलो बलमा बोल्ड आउट गराए ।

पीएनजीका लागि नोरमान भानुवाले ४७ रन बनाए । उनलाई कमल सिंह ऐरीले क्याच आउट गराए । त्यस्तै जोसन किलाले १३ रनको योगदान गरे ।

त्यस्तै सिमोन एटियालाई कमल सिंहले २ रनमा बोल्ड आउट गराए । ​पीएनजीले चौथो ओभरको अन्तिम बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो । पीएनजीका हिरी हिरी ४ रन बनाएर आउट भए । उनलाई नेपालका सोमपाल कामीले क्यच आउट गराएका हुन् ।

सोमपालको बलमा विकेट किपर अनिल शाहले क्याच गरे ।​१३औं ओभरको अन्तिम बलमा पीएनजीले आफ्नो दोस्रो विकेट गुमायो । पीएनजीका टोली उरालाई नेपालका दिपेन्द्र सिंह ऐरीले क्याच आउट गारए । दिपेन्द्रको बलमा भिम सार्कीले क्याच गरे ।

उराले ३८ रन बनाए । पीएनजीले २७ ओभरको पहिलो बलमा पाँचौं बलमा चौथो विकेट गुमायो । पीएनजीका सेसे बाउलाई सन्दीपले क्याच आउट गारए । सन्दीपको बलमा कुशल भुर्तेलले क्याच गरे । रिले हेकुरे पीएनजीको पाँचौ विकेटको रुपमा पेवेलियन फर्किए । उनलाई पवन सरार्फ ४२ औं ओभरको दोस्रो बलमा ३१ रनमा बोल्ड आउट गराएका हुन् ।

आईसीसी विश्वकप डिभिजन टू अन्तर्गत पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको नेपालले आज घरेलु मैदानमा पीएनजीसँग पहिलो एकदिवसीय सिरिज खेलेको हो । यो जितसँगै पीएनजीले सिरिजमा १–० को अग्रता बनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal