आज :

युक्रेनमा शान्ति सेना पठाउने नेटको तयारी

काठमाडौँ । युक्रेनमा शान्ति सेना पठाउने अमेरिकाको तयारी रहेका भारतीय संचारमाध्यमहरुले बताएका छन् । अमेरिकाले बेल्जियको ब्रसेल्समा बस्ने लागेको नेटो देशको बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा शान्ति सेना पठाउने प्रस्ताव गर्ने बताइएको छ ।

पोल्याण्ड पुगेर बाइडनले रुसको विरुद्ध र युक्रेनको पक्षमा बोलेर फर्केका छन् । बाइडनले रुसलाई थप उत्तेजित गर्न लागेको भारतीय रक्षा विशषज्ञ दयशंकर बताउँछन् । उनले अमेरिकी राष्ट्रपतिकै हर्कतका कारण तेस्रो विश्वयुद्ध हुने खतरा बढ्दै गएको बताए । युक्रेनमा शान्ति सेना पठाउनु भनेको रुससँग नेटो देशहरु लडाइँमा उत्रिएको मानिने र त्यसले विश्वयुद्ध निम्त्याउने दयशंकरको भनाई छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरु लड्न तयार रहेको बताउँदै जर्मन र बेल्जियमसँग हतियार मागेका छन् । उनले रुससँग युक्रेनले हारे युरोपको हार हुने भन्दै त्यसबारे सोच्न पनि इयूलाई चेतावनी दिँदै आएका छन् । जेलेन्स्कीले देशमा नागरिक मारिएको र पलायन भइरहेको कुरा भन्दा पनि अमेरिकाको उक्साहटमा लागेको भारतीय रक्षा विज्ञहरुले बताएका छन् ।

रुसी हमलाले देश भग्नावशेष भइरहँदा जेलेन्स्की अझै हतियार मागिरहेका छन् । उनले लडाइँ युक्रेनले जित्न सम्भावना नरहेको र अमेरिकी योजनामा जेलेन्स्की प्रयोग भइरहेको रक्षा विज्ञहरु बताउँछन् ।

रुसले हाइपरसोनिक मिसाइल प्रयोग गरेर आफू त्यो स्तरको युद्ध छेड्न तयार रहेको अवस्थामा अर्को देशसँग मागेको हतियारले युक्रेनले कहिलेसम्म लड्न सक्ला ? भन्ने कुरा मुख्य रहेको छ । ध्वनी गतिभन्दा ५ र ७ गुण बढी रफ्तारमा हमला गर्न सक्ने दुई मिसाइल रुसले प्रयोग गरिसकेको छ । त्यसको प्रतिवाद गर्ने वा निस्तेज पार्ने अहिलेसम्म कुनै पनि देशले प्रविधि विकास गरेको छैन । त्यस्तै, रुसले देख्न नसकिने क्षेप्यास्त्र पनि प्रहार गरिसकेको छ ।

आज २९ दिन भएको छ । पश्चिमा देशहरुले रुसविरुद्ध प्रचारयुद्ध जारी राखेका छन् । बेलायती संचारमाध्यमले रुसी रक्षामन्त्रीलाई घरमै नजरबन्दमा राखिएको समाचार सम्प्रेशण गरेका छन् । सुरुदेखि नै पश्चिमा देशहरुले मनोबल कमजोर बनाउने रुसविरुद्ध प्रचारबाजी गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal