आज :

चीनले अमेरिकालाई दियो यस्तो चेतावनी, विश्व तीब्र ध्रुविकरणतिर

काठमाडौं । रुस-युक्रेन यु’द्धको २८ दिन भएको छ । यसको प्रभाव विश्वभर परेको छ । यो घटनाले विश्वमा नयाँ ध्रुविकरणका संकेत देखिएका छन् । रुसी राष्ट्रपति र भेनेजुएलाका राष्ट्रपतिबीच पनि भेट र अमेरिकी राष्ट्रपतिको यूरोप भ्रमणले पनि यो संकेत सतहमा आएको हो ।

रुस-युक्रेनबारे अहिलेसम्म तटस्थ रहेको चीन पनि बिस्तारै खुल्ने संकेत देखिएको छ । उसले ताइवान र अमेरिकाले आफ्ना केही अधिकारीलाई लगाएको प्रतिबन्धको विषय उठाएर ध्रुविकृत हुने देखिएको छ ।

चिनियाँ समाचार संस्था सिनह्वाका अनुसार चीनले अमेरिकाले आफ्ना केही अधिकारीमाथि लगाएको प्रतिबन्ध फिर्ता नलिए त्यसको जवाफ दिने चेतावनी दिएको छ । चीनले प्रतिबन्ध तत्काल खारेज नगरिए अमेरिकी अधिकारीमाथि पनि प्रतिबन्धको घोषणा गर्ने तयारी गरेको छ ।

चीनले आफ्ना अधिकारीमाथि लगाएको प्रतिबन्धबाट मानवअधिकार उल्लङ्घन भएको बताएको छ । अमेरिकाले पूर्वाग्रह राखेर चिनियाँ अधिकारीमाथि अनावश्यक दबाव दिने गरेको समेत चीनको भनाई छ ।

चीनले उइगुर मुसलमान तथा अन्य अल्पसंख्यक समुदायमाथि दमन गरेको आरोपमा अमेरिकाले केही चिनियाँ अधिकारीमाथि प्रवेशमा प्रतिबन्धको घोषणा गरेको छ । यस्तो प्रतिबन्ध लगाईएका चिनियाँ अधिकारीको संख्या र परिचय भने खुलाइएको छैन । एक दर्जन अधिकारीमाथि यस्तो प्रतिबन्ध लगाइएको हुन सक्ने बताइएको छ ।

अमेरिकले चीनको सिञ्चीयान प्रान्तमा उइगुर मुस्लिमलाई बन्दी बनाईएको दाबी गर्दै आएको छ । अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको र यो दुईपक्षीय सम्बन्धका लागि गलत नजीर हुने चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताए । आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अमेरिकी कदमको दृढतापूर्वक विरोध गर्ने पनि वाङले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal