आज :

उपचाररत जनयुद्धका घाइते कमाण्डर रानालाई प्रचण्डले भेटे, उपचार र बच्चाको पढाईको पहल गर्ने प्रतिवद्धता 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले उपचाररत पूर्व जनमुक्ति सेनाका कमाण्डर भक्त रानाको स्वासथ्य अवस्थाबारे जानकारी लिएका छन् । जनयुद्धमा घाइते रानाको वीर अस्पतालमा उपचार भइरहेको छ ।

काभ्रेको महाभारत गाउँपालिका-६ का राना मकवानपुरको झुरझुरेमा घाइते भएका थिए । त्यतिबेला राना जनमुक्ति सेनाको सेक्सन कमाण्डर रहेका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।  राना शान्ति प्रक्रियापछि वाइसीएलमा काम गर्दै आएका थिए ।

टाउकोमा लागेको चोट बल्झिएपछि खुट्टामा इन्फेक्सन देखिएको र त्यसको कारण दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको अस्पतालले जनाएको छ। रानाका दुबै खुट्टामा काटेर फालिएको छ । राना परिवार, महाभारत गाउँपालिका, पार्टी र सुभेच्छुकहरुको सहयोगले उहाँको उपचार भइरहेको बताइएको छ।

भेटको क्रममा अध्यक्ष प्रचण्डले आगामी दिनमा पार्टी र सरकारको तर्फबाट उपचारको पहल तथा व्यवस्थामा कुनै कमी हुन नदिने, ७ बर्षको बच्चाको पढाई र पत्नीको रोजगारीको लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । गम्भीर अवस्थामा पनि राना र परिवारको पार्टी र नेतृत्वप्रतिको दृढ विश्वासले आफूहरुलाई प्रेरित गरेको  प्रचण्डले बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal