आज :

करिश्मा एमालेमा प्रवेश गर्दै , भन्छन्- बाबुराम नेताभन्दा कार्यालय प्रमुख हुने व्यक्ति हुन्,

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले  नेकपा एमालेमा प्रवेश गर्न लागेकी छन् । माओवादी छोडेर बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी बनाएसँगै राजनीतिमा प्रवेश गरेकी करिश्मा पछिल्ला दिनमा राजनीति गतिविधिबाट अलग भएकी थिइन् ।

भट्टराईले नयाँ शक्ति मधेसवादी पार्टीमा एकीकरण गरेसँगै निश्क्रिय बसेकी करिश्मा आज एमालेमा प्रवेश गर्न लागेकी हुन् । उनीसँगै तत्कालिन नयाँ शक्ति र संघिय समाजवादीतिर लागेका दर्जनभन्दा बढी नेता कार्यकर्ता पनि एमालेमा प्रवेश गर्न लागेका छन् ।

दिउँसो १ बजे करिश्मासहितका नेताहरु पार्टी प्रवेश गर्ने एमलेले जनाएको छ । उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने तयारी भइरहेको छ ।

एमालेका एक नेताका अनुसार करिश्मा आफू जनयुद्ध लडेर आएको बाबुराम भट्टराई महान् ठानेर नयाँ शक्तिमा गएकाे तर पार्टी चलाउन नसक्ने देखेपछि आफू सक्रिय नभएको बताएकी छन् । उनले बाबुरामलाई आफूले राजनेता ठानेको तर उनमा त्यो कला र क्षमता देखेको समेत बताइन् ।

करिश्माले बाबुरामलाई नेताभन्दा पनि कार्यालय प्रमुख हुने क्षमता बढी रहेको बताएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal