आज :

रुसले पहिलो पटक हाइरसोनिक मिसाइल प्रहार गर्‍यो, थप अत्याधुनिक रुसी ट्‍यांकर युक्रेनमा पुगे

काठमाडौं । रुस-युक्रेन यु’द्धको आज २५ दिन पुगेको छ । रुसी रक्षा मन्त्रालयले पहिलो पटक युक्रेनमा हाइरपसोनिक मिसाइल प्रहार गरेको जानकारी दिएको छ । अहिलेसम्म यति अत्याधुनिक हतियार प्रयोग नगरेको रुसले जनाएको छ ।

युक्रेनमा सैन्य अप्रेशन जारी राख्ने भन्दै रुसले थप सैनिक र हतियारसहित पठाएको छ । रुसीले सेनाले युक्रेनी सेनाको ड्रोन गोदाममा हमला गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

युक्रेनका अधिकांश भूभाग कब्जामा लिएको रुसी सेनाले राजधानी किएभलाई घेराउ गरेको छ । रुसी सेनाले किएभलाई घेराउ गरेर  भोलोदिमिर जेलेस्कीकी सत्ताबाट हटाउन वा नेटोको सदस्यता नलिने कानुन बनाउन दवाव दिइरहेको छ ।

रुसी सेना युक्रेनको महत्त्वपूर्ण सहर मारिओपोलको केन्द्रमा पुगेको छ । मारिओपोलका नगरप्रमुखले भाडिम बोइचेन्कोले बीबीसीसँग सहरको केन्द्रमा सङ्घर्ष भइरहेको पुष्टि गरे। “सहरको केन्द्र बाँकी छैन। सहरमा युद्धको प्रभाव परेको नदेखिने एउटा सानो ठाउँ पनि छैन,” उनले भने।

रुसले युक्रेनमा अमेरिकी सहयोगमा रसायनिक हतियार बनाउने लागेको बताएको छ । रुसले अमेरिकाले युक्रेनमा १० स्थानमा जैविक हतियार बनाउने ल्याव परिक्षण गरिरहेको बताएको छ । तर यसको अमेरिका र युक्रेनले खण्डन गर्दै आएका छन् ।

अमेरिकाले थप हतियार दिएपछि रुससँग वार्ता नगर्ने बताएका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुनः शान्ति वार्ताको लागि आह्वान गरेका छन् । रुसले हाइरपसोनिक मिसाइल प्रहारपछि जेलेस्कीले वार्ताको लागि आह्वान गरेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal