आज :

पल शाहलाई १४ बर्ष जेल सजाय होला ?

काठमाडौं । फिल्मी क्षेत्रमा छोटै समयमा चर्चामा आएका पल शाहलाई १२ देखि १४ वर्ष जेल सजायको माग गरिएको छ । प्रहरीले नाबालिका बला’त्कार गरेको भन्दै नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको हो ।

आफूलाई पल शाहले जबरजस्ती करणी गरेको भन्दै फिल्मी क्षेत्रकै चर्चित गायीका समिक्षाले उजुरी दिएकी थिइन् । उनले उजुरीमा आफू १६ वर्षको उमेर हुँदा पलले करणी गरेको दाबी गरेकी छन् । उनी अहिले १७ वर्षकी भइन् । अभियोग पत्रमा पीडितको हालको उमेर १७ वर्ष भए पनि घटना हुँदा १६ वर्षभन्दा कम उमेर भएको आधारमा बढी सजाय माग भएको हो ।

अब के पल शाहले जेलमा बस्नु पर्ने बस्छन् कि उन्मुक्ति पाउछन् भन्ने विषय चर्चा र चाँसो बनेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै सोही दफाको ३ को (ग) अनुसार सजाय माग गरिएको छ । उक्त दफा अनुसार १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।

यदि अदालतले प्रहरीले पेश गरेका प्रमाणले पुष्टि आरोप पुष्टि गरे पल शाहले उक्त सजाय भोग्नुपर्ने नै हुन्छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal