आज :

रुसले भन्यो– आफूलाई ‘सुपरपावर’ ठान्ने अमेरिकालाई ठेगान लगाई दिन्छौं, अब चीनसँग सहकार्य

काठमाडौँ । रुसले विश्वको मै हुँ भन्ने र आफूलाई सुपरपावर ठान्ने अमेरिकालाई ठेगान लगाउने सामर्थय आफूसँग भएको बताएको छ । अमेरिकाको नामै नलिएर रुसका सुरक्षा परिषद्का उपसचिव दिमित्री मेदभेदेभले सो चेतावनी दिएका हुन् ।

दिमित्रीले पश्चिमा देशहरु रुसलाई तहसनहस बनाउन डरलाग्दो किसिमले घृणा फैलाउने काम गरिरहेको तर यसले केही फरक नपर्ने समेत बताए । सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपति रहेका दिमित्रीले भने, “अमेरिकाले रुसलाई घुँडा टिकाउने प्रयास स्वरूप रुस विरोधी भावना फैलाउने घृणित काम गरिरहेको छ । यसले केही गर्न सक्तैन । रुससँग सम्पूर्ण शत्रुलाई आ–आफनो ठाउँमा राख्ने शक्ति छ ।“

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार दिमित्रीले युक्रेनमा जारी सैन्य अभियान चाँडै सफल हुने समेत बताए । उनले आफ्नो देशको ठूलो क्षति भएको भन्दै फैलाइरहेको भ्रम सत्य नभएको दाबी समेत गरे । उनले सैन्य अभियान सफलताको साथ अघि बढिरहेको चाँडै पूरै युक्रेन नियन्त्रणमा आउने समेत दाबी गरे ।

रुस–युक्रेन घटनापछि अमेरिका, युरोपेली संघ र अमेरिकाको एसियाली गठबन्धनले रुसी नेता, कम्पनी र व्यापारीहरूमाथि प्रतिबन्ध लगाउँदै रुसलाई अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट अलग्याएका छन् ।

यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले युक्रेनलाई प्रयोग गरेर रुसलाई तर्साउन खोजेकाले र युक्रेनमा रहेका रुसी भाषा बोल्ने वासिन्दाको आम नरसंहार हुन नदिन युक्रेनमा विशेष सैनिक अभियानका आवश्यक परेको बताएका छन् । पुटिनले पश्चिमा जगतले रुसलाई तहसनहस पार्न खोजिएकोले आफ्नो देशले युक्रनमा सैन्य अभियान सुरु गरेको बताए ।

पश्चिमा देशहरुले लगाएको प्रतिबन्धलाई आफ्नो देश र नागरिकले अबसरको रुपमा लिएको बताए । उनले आफ्नो राष्ट्रिय पुँजीको विकासमा यसले सहयोग गर्ने दाबी समेत गरे ।

साथै, रुसले सन् १९९१ मा सोभियत संघको विघटनपछि आफूले पश्चिमा जगतसँग गरेको सम्बन्ध विस्तार अब समाप्त भएको र अब आफूले अन्य शक्तिहरूजस्तै चीनसँग सम्बन्ध विकास गर्ने जनाएको छ । अमेरिकाले चीनले रुसलाई साथ दिन सक्ने भन्दै त्यो नगर्न आग्रह गरेको छ ।

आफूले युक्रेनलाई घातक हतियार पठाइरहेको चीनलाई आग्रहको कुनै अर्थ नरहेको बताइएको छ । तर, अहिलेसम्म चीन कसैको पक्षमा पनि खुलेको छैन । उसले आगोमा इन्धन नथप्न अमेरिकालाई आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal