आज :

फेरि मौसम बद्ली, हावाहुरीबाट पश्चिम रुकुममा शिक्षिकासहित पाँच जना घाइते

काठमाडौं । मौसम फेरि बदली भएको छ । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा मौसम आंशिक बद्ली भएको छ ।

आज दिउँसो पनि देशका पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, वाग्मती र प्रदेश-१ का उच्च हिमाली क्षेत्रको एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । अरु ठाउँको मौसम सफा रहेको छ । प्रि–मनसुन सुरु भइसकेकाले बेलुकापख हावा चल्न थालेको छ ।

स्थानीय वायुको प्रभावका कारण जुनसुकै बेला पनि हावाहुरी चल्ने जोखिम रहने भएकाले सचेत हुन मौसमविद्को सुझाव छ । गर्मी बढ्दै गएकाले जमिन तात्न थालेको तथा सानो–सानो समूहमा बादल देखिने क्रम सुरु भएको महाशाखाले जनाएको छ ।

यो बेला कतैकतै हावाहुरी र असिना पानी पर्न सक्ने भएकाले सचेत रहन पनि महाशाखाले आग्रह छ ।

यसैबीच रुकुम पश्चिम – रुकुम पश्चिममा हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घाइते भएका छन् ।

आठबिसकोट नगरपालिका वडा नम्बर ९ को बालकल्याण माध्यमिक विद्यालयको जस्ता हिजो बेलुका आएको हावाहुरीले उडाउँदा शिक्षक/विद्यार्थीसहित पाँच जना घाइते भएका हुन् ।

हावाहुरीका बेला विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको थियो । खेलकुद कार्यक्रममा सहभागी हुन र हेर्न आएका पाँच जना घाइते भएका हुन् ।

हावाहुरीबाट जनविकास माध्यमिक विद्यालय आठबिसकोटका विद्यार्थी रामबहादुर मल्ल, जनकल्याण माध्यमिक विद्यालय गोइरीका शिक्षिका अमृता रसाइली र छात्रा कविता विक, आदर्श माध्यमिक विद्यालयका क्यान्टिन सञ्चालक राजेन्द्र मल्ल र स्थानीय सुशीला बस्नेत घाइते भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal