काठमाडाैँ । क्लास्सिक टेकको सिस्टर कम्पनी कारो फिल्म्स प्रा. लि. का प्रबन्ध निर्देशक निशा खरेल र लेखक नयनराज पाण्डेबीच चर्चित नोवल लू को कपिराइट हस्तान्तरण समारोह सम्पन्न भएको छ ।
चलचित्र लू को पटकथा (screenplay) पनि लेखक नयन राज पाण्डेले नै लेखेका छन् । यो भएसंगै कारो फिल्म्सले नेपालमा उच्च गुणस्तर एवं रमणीय र big budget चलचित्रहरु आगामी दिनहरुमा निर्माण गर्ने उद्देस्यले आफ्नो स्थापना भएको बताएको छ ।
यस कम्पनीले नयाँ अत्याधुनिक प्रबिधिको फिल्मी सामग्रीहरु नेपालमा भित्र्याउने प्रक्रिया अन्तिम चरणमा रहेको बताएको छ । यसले नेपाली फिल्म जगतलाई अझै गुणस्तर बढाउने र रोजगारी पनि सृजना गर्नेछ । क्लास्सिक टेकको मुख्य कार्यालयमा सो समारोह सम्पन्न भएको थियो। यससंगै आगामी दिनमा कारो फिल्म्सले अरु पनि Web Series, reality show हरु निर्माण गर्ने बताएको छ ।
साथै, आउने दिनमा नेपालको फिल्मी क्षेत्रमा उत्कृस्ट प्रबिधि भित्र्याउने र Biggest budget चलचित्रहरु बनाएर नेपाली चलचित्र क्षेत्रलाइ नयाँ उचाइमा लाने CARO Films को उद्देश्य रहेको प्रबन्ध निर्देशक निशाले बताइन् ।