आज :

रुसी विदेशमन्त्री लाभ्रोभ र युक्रेनी विदेशमन्त्री कुलेबाबीच टर्कीमा भेट हुँदै

काठमाडौँ । रुस–युक्रेनबीच युद्ध सुरु भएको आज १४ औं दिन भएको छ । समस्या समाधानको लागि दुईबीच तीन चरणसम्म भएका वार्ता असफल भएका छन् । रुसले राजधानी किभसहितका शहरमा हमला जारी राखेको छ ।

यसैबचि रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ र युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाबीच टर्कीमा भेट हुने भएको छ । रुसी सरकारी संचारमध्यम सञ्चारमाध्यम आरआईए नोभोस्तीले दुबै देशका विदेशमन्त्रीबीच भेटवार्ता हुन लागेको बताएको छ ।

रुसले युक्रेनलाई नेटोमा सहभागी नहुने प्रतिवद्धता जाहेर गरे हमला रोक्ने संकेत गरिसक्दा पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा देशहरुसँग सहयोग मागिरहेका छन् । उनले आजै मात्र रुससँग जंगल, जमिन, सुमद्रबाट प्रतिवाद गर्ने बताएका छन् ।

जेलेन्स्कीकै बालहठका कारण पूरै युक्रेन खरानी हुन लागेको छ भने हजारौं मानिसहरुको ज्यान जानुको साथै लाखौं विदेश पलायन भएका छन् ।

रुसी विदेश मन्त्रालयका अनुसार लाभ्रोभ एउटा अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा सहभागी हुन टर्की जान लागेको र त्यसपछि कुलेबासँग भेट्ने योजना तय भएको छ ।

बीबीसीका अनुसार टर्कीका विदेशमन्त्रीले त्रिपक्षीयबैठक प्रस्तावित गरेका हुन्। अहिलेसम्म उक्त बैठक बिहीवार हुने बताइएको छ। कूटनीतिक मञ्चको बैठक भने शुक्रवार हुनेछ।

अमेरिकासहित इयूले जेलेन्स्कीलाई युद्धको लागि उचारिहकोले समस्या शान्तिपूर्ण समाधान हुनेमा आशंका उत्पन्न भएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal