आज :

पुटिनको अमेरिकालाई चेतावनी-प्रतिबन्धलाई युद्धको रुपमा लिएका छौं, जवाफ महंगो पर्ला

काठमाडौँ । रुस–युक्रेन यु’द्धको आज ११ औं दिन पुगेको छ । रुसी सेनाले राजधानी किभमा हमला सुरु गरेको छ । राजधानी किभमा हमलासँगै तेस्रो परमाणु केन्द्र पनि नियन्त्रण लिइसकेको छ ।

युक्रेन ध्वस्त भइसक्दा पनि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अझै पश्चिमा देशहरुसँग हतियार मागिरहेका छन् । उनी पश्चिमा देशहरुबाट सैनिक पनि मागिरहेका छन् । तर, त्यो अस्वीकार गरेका छन् ।

यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हतियार बिसाउन युक्रेनलाई चेतावनी दिएका छन् । पुटिनले हतियार नबझुाए युद्धबाटै जवाफ दिने समेत चेतावनी दिएका छन् । रुसी सेनाले पूरै युक्रेन नियन्त्रणमा लिइसक्दा पनि जेलेन्स्कीको अभिव्यक्तिले बाँकी युक्रेन पनि ध्वस्त हुनेछ ।
अमेकिारसहित पश्चिमा देशहरुलाई पुटिनले अर्को चेतावनी पनि दिएका छन् । आफ्नो देशमाथिको प्रतिबन्ध युद्धकै रुपमा आफूले लिएको बताएका छन् । उनले यसको जवाफ दिने बताएका छन् । पुटिनले युक्रेन आसपासको आकाशलाई ‘नो फ्लाई जोन’ घोषण गरे यु’द्धकै रुपमा लिने र त्यसको जवाफ दिने चेतावनी दिएका छन् । रुसको चेतावनीकै कारण पश्चिमा देशहरुले चाहेर पनि युक्रेनमा भौतिक रुपमा सहयोग गर्न सकेका छैनन् ।

राजधानी किभमा रहेका भारतीय पत्रकार गौरव सावंतले रुसले युक्रेनको सत्ता परिवर्तन नगरेसम्म हमला नरोक्ने बताएका छन् । युक्रेनी सेनालाई निशस्त्रीकरण नगरेसम्म यु’द्ध जारी रहने बताउँछन् । गौरवका अनुसार रुसी सेनाले राजधानीलाई घेराबन्दी गरिरहेका छन् । अहिले मानिसहरुलाई निकासको लागि ठूलो हमला नगरेपनि निकट समयमै त्यो देखिने बताउँछन् । रुसी सेनाले युक्रेनको तेस्रो परमाणु ऊर्जा केन्द्र पनि नियन्त्रणमा लिएको छ ।

गौरवका अनुसार रुसले आफ्नै पूरै बल नलगाएको र रणनीतिअनुसार किभलाई घेराबन्दी गरिरहेको छ । रुसले कम क्षतिमै जेलेन्स्कीले सत्ता छोड्न दवाव दिइरहेको बताउँछन् ।

युक्रेनले झुटकाे खेती गरिरहेकाे छ । अाज मात्रै रूसका ११ हजार सैनिककाे ज्यान लिएकाे दाबी गरेकाे छ । याे दाबीमा विश्वास गर्न नसकिने जिराे ग्राउण्डमा रहेर रिपाेर्टिङ गरिरहेका पत्रकार राजेश पावर बताउँछन् । यदि रूसकाे क्षति भएकै भए, सबै क्षेत्र नियन्त्रण लिँदै राजधानी किव तर्फ बढ्न नसक्ने पत्रकार राजेश बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal