आज :

पूर्वसुरक्षाकर्मीको राष्ट्रियसभा सदस्यलाई पत्र, एमसीसी प्रतिनिसभासमै फिर्ता पठाउन आग्रह

काठमाडौँ । पूर्वसुरक्षाकर्मी परिषद नेपालले प्रतितिधिसभाबाट पारित भएको एमसीसी राष्ट्रहितमा नभएको भन्दै फिर्ता पठाउन राष्ट्रिय सभा सदस्यलाई आग्रह गरेको छ ।

परिषदका अध्यक्ष कोमलबहादुर राउतले हस्ताक्षर गरेको पत्रमा स्वतन्त्र परराष्ट्रनीति विपरित सर्वाभौम जनताको अभिमत प्रकट गर्ने प्रतिनिधिसभाका सबै सांसदहरुलाई विचार राख्ने अबसर तथा वातावरण नबनाई तथा अभिव्यक्ति, विचार राख्न बञ्चित गराई हतार हतार ध्वानी मतको आधारमा एमसीसी अनुमोदन गराएको भन्दै फिर्ता पठाउन माग गरिएको छ ।

“नेपालको संविधानमै नभएको व्यवस्था प्रतिकुलको अन्तर्राष्ट्रिय सन्धी तथा नेपालले अंगिकार गरेको स्वतन्त्र परराष्ट्र नीतिको विपरित, हामी सर्वाभौम जनताले अभिमत प्रकट गर्ने प्रतिनिधिसभाका सबै सांसदहरुलाई आआफ्नो विचार राख्ने अबसर तथा वतावरण नबनाई माननीय सांसदहरुलाई अभिव्यक्ति तथा विचार राख्नबाट बञ्चित गरी गराई, विपक्षमा मत प्रकट गर्ने सांसदहरलाई समेत यथेष्ट समय नदिई, पर्याप्त छलफल बेगर, लोकतान्त्रिक तथा संसदीय मूल्य मान्यता विपरित, राष्ट्रलाई दुरगामी असर पार्ने सम्झौतालाई हतारहतार होहल्लाबीच ध्वनीमतको आधारमा एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएको घोषणा गरिएको छ । प्रमुख प्रतिपक्ष दलले अवरुद्ध नगरेको संसदबाट उक्त एमसीसी सम्झौता उपर दफाबर छलफल गराउन तथ दलीय ह्वीप बिना मतादनको प्रक्रिया अपनाएर उक्त समझौता पास गर्न सुझावसहित प्रतिनिधिसभामा उक्त विधेयक फिर्ता पठाउने तर्फ दलीय राजनीतिक भन्दा माथि उठी अहम् भूमिका निर्वाह गरिदिनुहुन सार्वभौमसत्ता सम्पन्न आम नेपाली जनताको तर्फबाट तपाईँ विद्वत राष्ट्रिय सभाको माननीयज्यूलाई यस परिषद हार्दिक अपील गर्दछ” पत्रमा भनिएको छ ।

पत्रमा सहयोग वा लगानीको नाममा आउने रकमलाई सार्वभौमसत्ता सम्पन्न हाम्रो नेपाल र नेपालीलाई बन्दकी नराख्न तथा नेपालीबीच बन्धुत्वभावको वातावरण बनाउन राष्ट्रय सभा सदस्यहरुले भूमिका खेल्न समेत परिषदले विश्वास लिएको छ । त्यस्तै, नेपालको भू राजनैतिक बनावट अनुसार स्वतन्त्र परराष्ट्रनीतिमा थप टेवा पुर्याउन भूमिका खेल्न पनि आग्रह गरिएको छ ।

यसअघि परिषदले राष्ट्रपति विद्यादेवी भण्डारीलाइ ज्ञापनपत्र बुझाएकाे थियाे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal