आज :

किभ तर्फअघि बढ्‍यो रुसी सेना, ४० माइल लामो बख्तरबन्द गाडीको लस्कर

काठमाडौँ । रुस–युक्रेन यु’द्धका आज छैटौं दिन । बिहानैबाट राजधानी किभलगायत क्षेत्रमा रुसी सेनाले हमला पुनः तेज पारेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । सोमबार भएको दुई देशको बार्ता विनानिष्कर्ष टुंगिएसँगै रुसले हमलालाई तेज पारेको बताइएको छ ।

रुसी सेनाले राजधानी किभमा हमला नगरेपछि जारी कफर््यू हटाइएको थियो । तर मंगलबार विहानैबाट पुनः किभमा हवाई हमला जारी गरेको छ । बीबीसीका अनुसार रुसी बख्तरबन्द गाडीहरूको करिब ४० माइल लामो लस्कर युक्रेनी राजधानी किभतर्फ अघि बढेको छ । भूउपग्रह तस्वीरमा रुसी सेना बख्तरबन्द गाडी लस्करै किभ तर्फ अघि बढिरहेका छन् ।

युक्रेनको सुमी क्षेत्रका प्रशासक दिमित्रो जिभिट्स्कीका अनुसार रुसी हमलाबाट एउटा सैन्य एकाइ ध्वस्त भएको छ । ७० युक्रेनी सेनाको ज्यान जानुको साथै ठूलो सैन्य संरचना ध्वस्त भएको छ । उद्धारकर्ता तथा स्वयंसेवकहरूले भग्नावशेषबाट शवहरू निकाल्ने प्रयास गरिरहेको उनले बताएका छन् ।

युक्रेनी सेनाले राजधानी किभमा फेरि हमला भएको पुष्टि गरेको छ । उच्च प्रशिक्षित बेलारुसी सैनिक पनि रुसी सेनासँगै सहभागी भएको युक्रेनी सेनाले बताएको छ ।

पश्चिमा देशहरुले एकपछि अर्को रुसमाथि चौतर्फी नाकाबन्दी लगाइरहेका छन् । रुसलाई गलाउने उद्देश्यले नाकाबन्दी लगाइए पनि रुसले त्यसको कुनै वास्ता गरेको छैन । उसले त्यसको जवाफ दिँदै आएको छ । पश्चिमा देशहरुले युक्रेनलाई हतियार सहयोग गर्न थालेपछि रुसी राष्ट्रपतिले आणविक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् । उनले आ’णविक हति’यार तयारी अवस्थामा राख्न विशेष फोर्सलाई निर्देशन समेत दिइसकेका छन् ।

यसैबीच सोमबार बेलारुसमा भएको शान्तिवार्ता विनानिष्कर्ष सकिएको छ । वार्ता पुनः बस्ने गरी दुबै देशका प्रतिनिधि छुटिएका छन् । युक्रेनले युद्धबिराम गर्नुपर्ने, रुसी सेना फिर्ता हुनुपर्ने, हति यार बिसाउनुपर्ने सर्त राखेपछि वार्ता निष्कर्षमा पुग्न सकेन । रुसी प्रतिनिधिले दुबै देशलाई जित्नेगरी छलफल गरौं भनेका थिए । उनीहरुले वि’द्रोही नियन्त्रित क्षेत्रमा युक्रेनी फौज फिर्ता हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal