आज :

सेना-प्रहरीलाई पूर्वसुरक्षाकर्मीका प्रवक्ताको आग्रह- एमसीसी विरोध आन्दोलनमा धरपकड नगर्नुस्

काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद् नेपालका प्रबक्ता हेमशंकर गिरीले एमसीसी विरोधी आन्दोलनमा धरपकड नगर्न सेना–प्रहरीलाई आग्रह गरेका छन् । गिरीले एमसीसी ईण्डो प्यासिफिक सैन्य रणनीतिकै अंग भएको बताउँदै एमसीसी लागु भए सेना–प्रहरीले दासत्वमा रहनुपर्ने बताए ।

“यो ईण्डो प्यासिफिक सैन्य रणनीति नै भएकोले एमसीसी लागु भए हाम्रो सेना र प्रहरी पनि उनिहरुकै दासत्वमा रहनुपर्ने पनि निश्चित छ । त्यसैले देशलाई यस्तो जोखिमबाट बचाउने जिम्मेवारी आन्दोलनकारी नागरिकको मात्र नभएर तपाईंहरूको पनि हो । नेपाल आमा बचाउनुहोस् भनेर आफ्ना जनप्रतिनिधि सांसदलाई खबरदारी गर्न आउने आम नागरिकमाथि धरपक्कड नगर्न बिनम्रतापुर्वक अनुरोध गर्दछु” प्रवक्ता गिरीले भने । उनले आफ्नो अस्तित्व बचाउन नेपालले अन्तिम चित्कार गर्दै राष्ट्रवादी तथा देशलाई माया गर्नेलाई खोजिरहेको बताए ।

एमसीसी सम्झौता हुबहु पास भयो भने नेपालको सार्वभौमिकता, स्वतन्त्र र प्राकृतिक स्रोत साधन समेत खोसिने बताउँदै पूर्वसुरक्षाकर्मी सडकमा निस्किएका छन् । सेना, शसस्त्र र नेपाल प्रहरीबाट अवकास पाएका तथा जागिर छोडेका सुरक्षाकर्मीहरु एमसीसी खारेजीको लागि आन्दोलनमा उत्रिएका छन् ।

प्रवक्ता गिरीले देशको जिम्मेवार नागरिक सबै एमसीसी खारेजीको लागि एकजुट हुनुपर्ने बताउँदै सुरक्षाकर्मीलाई पनि धरपकड गर्नुभन्दा पहिले गम्भीर रुपमा सोच्न आग्रह गरेका छन् । भूराजनीतिको चपेटामा पेरर हाम्रो देश ५ देखि ७ बर्षभित्र अहिलेको युक्रेन बन्ने निश्चित भएको भन्दै गिरीले एमसीसी खारेज गर्नुपर्ने बताए ।

यस्तो प्रवक्ता गिरीले सुरक्षाकर्मीलाई गरिएको आग्रहः

आदरणीय नेपालका सुरक्षाकर्मीज्यूहरु,

अहिले हाम्रो देश नेपाल आमा अस्तित्व बचाउको अन्तिम चीत्कार गर्दै देशलाई माया गर्ने नागरिकहरु र तपाईंहरूलाई समेत खोजिरहनु भएको छ । एमसीसी सम्झौतामा उल्लेखित शर्तहरु संसदबाट हुवहु पास भयोभने हाम्रो सार्बभौमिता, स्वतन्त्र नरहने र महत्वपूर्ण खरजना तथा प्राकृतिक स्रोतसाधन हाम्रो हातबाट खोसिने मात्र छैन भूराजनीतिक चपेटामा परेर हाम्रो देश ५ देखि ७ बर्षभित्र अहिलेको युक्रेन बन्ने त निश्चितै छ ।

एमसीसी  ईण्डो प्यासिफिक सैन्य रणनीतिको अंग नै भएकोले लागु भए हाम्रो सेना र प्रहरी पनि उनिहरुकै दासत्वमा रहनुपर्ने पनि निश्चित छ । त्यसैले देशलाई यस्तो जोखिमबाट बचाउने जिम्मेवारी आन्दोलनकारी नागरिकको मात्र नभएर तपाईंहरूको पनि भएकोले नेपाल आमा बचाउनुहोस् भनेर आफ्ना जनप्रतिनिधि सांसदलाई खबरदारी गर्न आउने आम नागरिकमाथि धरपक्कड नगर्नु हुन बिनम्रतापुर्वक अनुरोध गर्दछु ।

साथै, आन्दोलनकारी देशभक्त दाजुभाई दिदीवहिनीहरुले पनि प्रहरीलाई मात्र लक्षित गरी आन्दोलनको कार्यक्रम नगरी रणनीतिक ढंगबाट आन्दोलनलाई उत्कर्षमा पुराउनु हुनेछ र यस आन्दोलनमा यो वा त्यो दल, समूह तथा अभियान नभनी एकजुट हुन समेत हार्दिक अपिल गर्दछु । जय नेपाल जय मातृभुमी ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal