आज :

रुसी सेना युक्रेनको राजधानी नजिक पुग्यो, नागरिकले लड्नै पर्ने युक्रेनका राष्ट्रपतिको आदेश

काठमाडौँ । दोस्रो दिन पनि रुसले युक्रेनमाथि हमला जारी राखेको छ । युक्रेनी सेनाका पूर्वाधार, हवाई अड्डामा हमला जारी राखेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले रुसी सेना युक्रेनको राजधानी केएभ नजिक पुगेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले रुसले आक्रमण गरेको पहिलो दिन १ सय ३७ जनाको ज्यान गएको स्वीकार गरेका छन् । उनले देशमा आम सेना परिचना गरेको छ । यो सँगै राष्ट्रपति जेलेन्सकीले देशका १८ देखि ६० बर्षका नागरिकलाई युद्धमा लड्नैपर्ने आदेश दिएका छन् । उनीहरुलाई देश छोड्न नपाइने आदेश पनि दिएका छन् ।

युक्रेनको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ ।

युक्रेनको सेनाका अनुसार रुसले राजधानी किभ घेर्ने अनि ब्ल्याक सीको तटसम्म पुग्ने बाटो सुरक्षित गर्ने रणनीति बनाएको छ । युक्रेनको सेनाले रुसी आक्रमणको जवाफमा आक्रमण गरिरहेको बताएको बीबीसीले जनाएको छ । रुसी आक्रमणको पहिलो दिन हजारौँ युक्रेनी नागरिक घर छाडेर सुरक्षित ठाउँमा पुगेका छन् ।

रात्रिकालीन कर्फ्यु लगाइएको राजधानी किभमा कयौँ नागरिक मेट्रो स्टेसनमा पुगेका छन् । बम आक्रमणबाट जोगिने आश्रय स्थलका रूपमा प्रयोग गर्नका लागि मेट्रो स्टेसन खुला राखिएको छ । आक्रमण फैलिँदै गएको अवस्थामा युक्रेनका छिमेकी राष्ट्रहरूले ठूलो सङ्ख्यामा आफ्नो देशमा शरणार्थीलाई ठाउँ उपलब्ध गराउने तयारी पनि थालेका खबरमा उल्लेख गरिएको छ ।

युरोपेली सङ्घका शीर्ष नेतृत्वकर्ताहरूले रुसमाथि थप प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal