आज :

युक्रेनमाथि सैन्य कारवाही सुरु गरेको रुसको घोषणा, युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको अपील 

काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन छिमेकी मुलुक युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार पुटिनले आन (बिहीबार) पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका हुन् । पुटिनले सैन्य कारबाहीसँगै युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न माग गरेका छन् ।

पुटिनले टेलिभिजन सम्बोधनको क्रममा डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गरेका हुन् । बीबीसीका अनुसार सैन्य कारबाही घोषणा भएसँगै युक्रेनका विभिन्न भागमा ब म बिस्फोटहरू भएको बिबिसीले उल्लेख गरेको छ ।

टेलिभिजनमा बोल्दै पुटिनले पूर्वी युक्रेनस्थित युद्ध क्षेत्रबाट आफ्ना हतियारहरू बिसाउन र घर फर्कन युक्रेनी सेनालाई आग्रह गरेका छन् ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुतेरेसले पुटिनलाई आफ्ना सैनिकहरूलाई रोक्न शान्तिका लागि प्रयास गर्न आग्रह गरेका छन् ।
यसैबीच युक्रेनको स्थानीय समय अनुसार बिहीवार राति १० बजेदेखि एक महिना लामो सङ्कटकालीन अवस्थामा प्रवेश गर्दैछ।

क्रेमनलिनले युक्रेनबाट टुक्रिएका दुईवटा पूर्वी क्षेत्रले “युक्रेनी सेनाको आक्रामक व्यवहारविरुद्ध” सहयोगका लागि अपील गरेको बताएको छ।
विश्लेषकका भनाइमा त्यस्तो खाले अपील गरिएको भनेर रुसी सञ्चारमाध्यमले जनाएको कुरा पूर्ण मात्राको आक्रमणको बहाना हुनसक्छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal