आज :

एमसीसीबारे चीनको पछिल्लो टिप्पणीः राम्रो देखिन्छ, तर मासु चपाउन गाह्रो हुनेछ

काठमाडौँ । चीनले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपाललाई उपहार नभएको बताएको छ । उसले अल्टिमेटको प्याकेजमा कसरी उपहार आउँछ भनेर प्रश्न समेत गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुनयिङले राजधानी बेइजिङमा पत्रकार सम्मेलन आयोजना गरेर एमसीसी पन्डोराको बक्स भएको भन्दै स्वीकार नगर्न नेपाललाई आग्रह समेत गरिन् । “अमेरिकी जनताले नेपालीलाई दिएको उपहार’ भनेको छ । मलाई अचम्म लाग्छ, अल्टिमेटमको प्याकेजको साथ उपहार कसरी आउँछ ?” छुनयिङले प्रश्न गरिन् ।

दबाब दिएर दिइने उपहार हुन नसक्ने भन्दै अस्वीकार गर्न सुझाव दिँदै भनिन् “यस्तो ‘उपहार’ कसैले कसरी स्वीकार गर्न सक्छ ? के यो ‘उपहार’ हो वा पन्डोराको बक्स ? ।”

प्रवक्ता हुवाले एमसीसी नेपाली भनाई ‘राम्रो देखिन्छ, तर मासु चपाउन गाह्रो हुनेछ’ भनेजस्तो हुनेमा आफूलाई डर लागेको समेत उनले बताइन् । पत्रकार सम्मेलनमा उनले अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यसअघि एमसीसी कम्प्याक्टलाई नेपालले अनुमोदन नगरे द्विपक्षीय सम्बन्धमा असर पर्ने भनि दिएको अभिव्यक्ति समेत स्मरण गरेकी थिइन् ।

पत्रकार सम्मेलनमा भनिन्, “अन्तर्राष्ट्रिय विकास सहयोगलाई पछ्याउँदा पारस्परिक सम्मान र समानताको सिद्धान्तलाई कायम राख्नुपर्छ । सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्छ र कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप हुनु हुँदैन भन्ने चीनको दृढ विश्वास छ ।”

पहिलेजस्तै चीन जबरजस्ती कूटनीति र स्वार्थका आधारमा अन्य देशको सार्वभौमसत्ता र हितहरुको उल्लंघन हुनेगरी विकास सहयोग दिन नहुनेमा आफूहरु प्रतिवद्ध रहेको प्रवक्ता हुवाले बताइन् ।

“नेपालको निकट छिमेकी र विकास साझेदारको रूपमा चीनले नेपाली जनतालाई स्वतन्त्र रूपमा आफ्नै विकासको बाटो रोज्न सहयोग गरिरहनेछ र नेपालको सामाजिक आर्थिक विकासमा आफ्नो क्षमताले सक्दो सहयोग गर्ने छ” प्रवक्ता हुवाले भनिन् ।

आजबाट प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल सुरु हुँदैछ । सरकारले बिहीबार नै प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्ने तयारी गरेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले आज पनि संसद बैठक अवरुद्ध गर्ने भएको छ । हिजो र अस्ती एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग नेपाली काँग्रेसका नेताहरुले संवाद रुप लिन सकेको छैन ।

एमालेले प्रधानमन्त्री आफूलाई दिनुपर्ने जस्ता सर्त राखेपछि सहमति हुन नसकेको काँग्रेस नेताहरुले बताएका छन् । तरपनि प्रधानमन्त्री शेरबहादुर देउवासहितका काँग्रेस नेताहरु एमसीसीको पक्षमा मनाउन लागिपरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal