आज :

एमसीसी खारेजीको लागि पाँचवटा जनसांस्कृतिक संगठनले ११ गते प्रतिरोध सभा गर्ने, सहभागी हुन अपील

काठमाडौँ । विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको लागि सशक्त प्रतिरोधमा उत्रिन आह्वान गरेका छन् । पाँचवटै संगठनले आइतबार संयुक्तरुपमा विज्ञप्ति जारी गरेर एमसीसीविरुद्ध सङ्घर्षरत राजनीतिक दल, विभिन्न सङ्घ–संस्थाहरूको प्रतिरोधात्मक अभियानलाई हामी विभिन्न सांस्कृतिक घटकका तर्फबाट हार्दिक ऐक्यवद्धता जाहेर समेत गरेका छन् ।

एमसीसी खारेजीको लागि यही फागुन ११ गते दिउँसो १२ बजे पाँचवटै संगठनहरुले संयुक्तरुपमा नयाँबानेश्वरमा बृहत् प्रतिरोध सांस्कृतिक सभा गर्ने भएका छन् । विज्ञप्तिमार्फत उक्त कार्यक्रममा भई एमसीसी खारेजीको लागि दवाव सिर्जना गर्न विज्ञप्तिमा अपील समेत गरिएको छ ।

“हामी नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, स्वतन्त्रता र स्वाभिमानमा आँच पु¥याउने एमसीसी सम्झौता अविलम्ब खारेजीको माग गर्दछौँ । अमेरिकी रणनीतिक परियोजनाविरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउन सम्पूर्ण प्रगतिशील तथा क्रान्तिकारी संस्कृतिकर्मी एवम् देशभक्त नागरिकसमक्ष हामी जोडदार अपिल पनि गर्दछौँ” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामा, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम राना, अखिल नेपाल सांस्कृतिक युनियनका अध्यक्ष राजेश बान्तवा र अखिल नेपाल जनसांस्कृतिक सङ्घका अध्यक्ष बिहानी बिकले हस्ताक्षर गरेका छन् ।

यस्तो विज्ञप्ति

राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर

नेपालमा यति बेला एमसीसी गम्भीर विवादको विषय बन्दै गएको छ । २०७४ भदौ २९ गते नेपाल सरकारद्वारा गुपचुपमै हस्ताक्षर गरिएको एमसीसी कम्प्याक्टलाई अनुमोदन गराउन नेपालको संसद्मा जबरजस्ती पेश गरिएको छ । सत्ता–गठबन्धनको यस प्रकारको निर्लज्ज राष्ट्रघाती कदमका विरुद्ध क्रान्तिकारी एवम् देशभक्तहरूले देशव्यापी सशक्त आन्दोलनको ज्वारभाटा सिर्जना गरिरहेका छन् । राष्ट्रघाती एमसीसीका विरुद्ध सङ्घर्षरत राजनीतिक दल, विभिन्न सङ्घ–संस्थाहरूको प्रतिरोधात्मक अभियानलाई हामी विभिन्न सांस्कृतिक घटकका तर्फबाट हार्दिक ऐक्यवद्धता जाहेर गर्दछौँ । साथै, आत्मघाती एमसीसी कम्प्याक्टका विरुद्ध सशक्त प्रतिरोधमा उत्रन आह्वान् पनि गर्दछौँ ।

मिलिनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ सन् २००४ मा स्थापना भएको अमेरिकी एजेन्सी हो । नेपालको सन्दर्भमा एमसीसी चीनको बढ्दो प्रभाव र लगानी विस्तार भएका क्षेत्रलाई रोक्ने रणनीतिक योजनाअन्तर्गत परिलक्षित छ । डामाडोल अमेरिकी अर्थतन्त्रको रक्षात्मक रणनीति एमसीसी भएको कुरामा कुनै शङ्का छैन । युद्ध–उद्योगमा टिकेको अमेरिका आफ्नो आर्थिक अवस्था नाजुक हुँदै गएपछि उसले बनाएको हिन्द–प्रशान्त क्षेत्रमा युद्धको व्यापार गर्ने रणनीति मूलतः सैन्य रणनीतिमा आधारित रहेको छ । विकास र साझा समृद्धिको चिनियाँ ‘बीआरआई’ अवधारणाका विरुद्ध यस क्षेत्रमा अमेरिकाले हिन्द–प्रशान्त रणनीति ल्याएको कुरामा कुनै शङ्का छैन । यस क्षेत्रमा युद्ध भड्काउनु, अशान्ति पैदा गर्नु, युद्ध र हतियारको ब्यापार गर्नु, आफूअनुकूलको शासन प्रणाली र पिट्ठूहरू खडा गरेर प्राकृतिक स्रोतसाधनमाथि कब्जा जमाउनु उसको रणनीतिक उद्देश्य हो । एमसीसीलाई अनुदान भनिए पनि यथार्थतः यो व्यापारिक ऋण हो । सम्झौतामा अमेरिकी नीति तथा कानुनलाई नेपालको संविधान, नीति तथा कानुनभन्दा माथि राखिएको छ । यसले नेपालको बौद्धिक सम्पत्तिलाई आफूमा समाहित गरेको छ, जुन कुरा नेपालका लागि अत्यन्त संवेदनशील मामिला हो । भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादको नयाँ कडीको रूपम आएको एमसीसी हाम्रो लागि कुनै पनि मूल्यमा अस्वीकार्य छ । हामी नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, स्वतन्त्रता र स्वाभिमानमा आँच पु¥याउने एमसीसी सम्झौता अविलम्ब खारेजीको माग गर्दछौँ । अमेरिकी रणनीतिक परियोजनाविरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउन सम्पूर्ण प्रगतिशील तथा क्रान्तिकारी संस्कृतिकर्मी एवम् देशभक्त नागरिकसमक्ष हामी जोडदार अपिल पनि गर्दछौँ ।

सांस्कृतिक सङ्गठनहरूका तर्फबाट मिति २०७८, फागुन ११ गते १२ बजे काठमाडौंस्थित नयाँ बानेश्वरमा बृहत् प्रतिरोध सांस्कृतिक सभा हुने भएकोले उक्त कार्यक्रममा उपस्थितिका लागि हार्दिक आमन्त्रण पनि गर्दछौँ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal