आज :

नेपाल प्रेसकर्मी भुललाई ‘युवा पत्रकारिता पुरस्कार’

काठमाडौं । नेपाल प्रेसका बरिष्ठ सम्वाददाता केशव भुलले ‘युवा पत्रकारिता पुरस्कार’ प्राप्त गरेका छन् । उनले युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्दै आएको ‘युवा पत्रकारिता पुरस्कार २०७८’ प्राप्त गरेका हुन् ।

पुरस्कार प्राप्त गर्नका लागि दिएका आवेदनमध्येबाट भुललाई पत्रकारिताको माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्याएवापत पुरस्कार प्रदान गर्नका लागि छनौट गरिएको हो । युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको छनौट समितिले भुलसहित चार जना पत्रकारलाई आर्थिक वर्ष २०७८÷७९ मा प्रदान गरिने युवा पत्रकारिता पुरस्कारबाट सम्मान गर्न लागेको हो ।

पुरस्कार प्राप्त गर्नेमा पुर्णबहादुर खड्का, बसन्ती बास्तोला र सिताराम ओझा रहेका छन् । पुरस्कृत चारै जनलाई एक कार्यक्रममाविच पुरस्कृत गरिने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

युवा पत्रकारिता पुरस्कारको राशी ५० हजार रहेको छ । २०७५ सालदेखि मन्त्रालयले हरेक वर्ष चार जनालाई युवाको क्षेत्रमा कलम चलाउदैँ आएका चार–चार जनालाई पुरस्कृत गर्दै आएको छ । यस पटक पुरस्कार प्राप्त गर्नका लागि मन्त्रालयले गत पुष १४ गते सूचना प्रकाशित गरेको थियो ।

पुरस्कृत केशव  हाल नेपाल प्रेस डटकममा बरिष्ठ सम्वाददाताका रुपमा कार्यरत छन् । नेपाल प्रेसमा रहेर एक वर्षदेखि कर्मचारी प्रशासन, युवा, श्रम तथा रोजगारी र सामाजिक विषयबस्तुमा कलम चलाउदैँ आएका छन् । भुल यस अघि सामुदायिक सूचना नेटवर्क (सीआईएन)मा कार्यरत थिए । त्यहाँ रहेर उनले करिव ४ वर्ष काम गरिसकेका छन् । त्यस अघि जागरण मिडिया सेन्टरमा मिडिया केहि महिना मिडिया कोर्डिनेटर भएर काम गरेका थिए भने त्यसअघि हिमालय टेलिभिजनमा एक वर्ष काम गरेको अनुभव छ ।

अछामको कमलबजार नगरपालिका ५ कुइका स्थायी घर भएका भुल विगत १० वर्षदेखि पत्रकारिता पेशामा आवद्ध छन् । अछाम जिल्लामा रहेको रेडियो जनप्रिय एफएमबाट पत्रकारिता सुरु गरेका भुल जिल्लास्थित सोसाइटी एफएममा सहायक समाचार प्रमुख तथा जिल्लास्थित अछामकै पहिलो सामुदायिक रेडियो, रेडियो रामारोशन एफएमको समाचार संयोजकसमेत भएर काम गरिसकेका छन् ।

भुलले यसअघि नेपाल पत्रकार महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संयुक्त रुपमा प्रदान गर्दै आएको शिक्षा लेखनवृति पुरस्कार पनि प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal